गोरखामा कांग्रेसका उम्मेदवारद्वारा सामूहिक राजीनामा « Khabarhub

गोरखामा कांग्रेसका उम्मेदवारद्वारा सामूहिक राजीनामा


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– सत्तारुढ दलका दुई शीर्ष नेताले मेयर पदमा हस्तक्षेप गरेको भन्दै गोरखाको पालुङटार नगरपालिकामा कांग्रेसका उम्मेदवारहरूले सामूहिक राजीनामा दिएका छन् ।

कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईको व्यक्तिगत स्वार्थका कारण कार्यकर्ताको मनोभावना विपरीत हस्तक्षेप भएकाले राजीनामा दिएको उम्मेदवारहरूले बताएका हुन् ।

सो नगरपालिकाका १० वटै वडाका उम्मेदवारहरूले राजीनामा दिएको कांग्रेस स्रोतले जनाएको छ । ‘सामूहिक राजीनामा आएपछि नगरकमिटीको बैठक बसिरहेको छ । राजीनामा स्वीकृत गर्ने या नगर्ने ? भन्ने विषयमा छलफल भइरहेको छ,’ स्रोतले भन्यो । उम्मेदवारहरूले राजीनामा पत्रमा सामूहिक हस्ताक्षर गरेर पार्टीको नगर समितिलाई बुझाएका छन् ।

गृह जिल्ला गोरखा भएका डा. भट्टराईको निर्वाचन क्षेत्रअन्तर्गत पालुङटार नगरपालिका पर्छ । तर, त्यहाँ एक्लाएक्लै चुनाव लड्दा जसपाले जित्ने सम्भावना न्यून रहेको विश्लेषक बताउँछन् । सोही कारण भट्टराई आफ्नो निर्वाचन क्षेत्रमा कांग्रेससँग तालमेल गरेर नगरपालिकामा आफ्नो पार्टीका मेयरलाई जिताउने रणनीतिमा छन् ।

‘भट्टराईले पालुङटारमा कांग्रेस मेयर पदका उम्मेदवारलाई ब्याक गराएर आफ्नो पार्टीका उम्मेदवारलाई सहयोग नगरे सत्ता गठबन्धनसमेत तोड्ने भन्दै बार्गेनिङ गरिरहेका छन् । देउवालाई प्रधानमन्त्री टिकिराख्न परेको छ । बाबुरामलाई आफ्नो निर्वाचन क्षेत्र सेक्योर गर्नु पर्नेछ । त्यसैले देउवाले आफ्नो उम्मेदवारलाई ठाडो लगाम लगाउन प्रयास गरिरहेका छन्’, स्रोतले भन्यो ।

गत १० गते नै जिल्लामा कांग्रेसले पत्रकार सम्मेलन गरेर गोरखामा केही नेताको स्वार्थका कारण गठबन्धन गर्न नसकेको बताएको थियो । त्यस बेला पनि भागबण्डामा कुरा नमिलेर गठबन्धन बन्न नसकेको हो ।

तर, जिल्लामा गठबन्धन तोडिए पनि बाबुरामले पालुङटारमा आफ्नो पार्टीले मेयर नपाइ सरकार ढाल्ने बताएपछि देउवाले गत १६ गते (शुक्रबार) निर्वाचन अधिकृतको कार्यालयमा आफ्ना पार्टीका मेयर पदका उम्मेदवारको उम्मेदवारी फिर्ता गरेको भन्दै पत्र पठाएका थिए ।

तर, देउवाले पठाएको पत्र ढिलो आएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले कांग्रेसका उम्मेदवार दीपकबाबु कँडेलको नाम अन्तिम नामावलीमा प्रकाशन गर्‍यो । यति हुँदा पनि देउवाले लगातार कँडेललाई उम्मेदवारी फिर्ता गर्न भन्दै निर्देशन दिन नछाडेपछि कँडेलले आइतबार दिउँसो विज्ञप्ति निकाल्दै केन्द्रको निर्णय कार्यान्वयन गर्न भनेका छन् ।

कँडेलले केन्द्र निर्देशन स्विकार्न बाध्य भएपछि नगरपालिका भित्रका कांग्रेसका सबै उम्मेदवारले सामूहिक राजीनामा दिएका हुन् ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  १२ : १० बजे

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम

राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय

विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै

जेन–जी विद्रोहका मुद्दा सम्बोधन नगरी निर्वाचन गरिनु देशप्रति धोका हाेः जेन–जी मुभमेन्ट

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले जेन–जी विद्रोहका क्रममा नवोदित पुस्ताले