आईपीएलः हैदरावादलाई हराउँदै चेन्नई विजयी « Khabarhub

आईपीएलः हैदरावादलाई हराउँदै चेन्नई विजयी


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किङस विजयी भएको छ। चेन्नईले सनराइजर्स हैदरावादलाई १३ रनले पराजित गर्दै तेस्रो जित दर्ता गरेको हो।

चेन्नईले दिएको २ सय ३ रनको लक्ष्य पूरा गर्न नसक्दा हैदरावाद पराजित भएको हो। हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८९ रन मात्र बनाउन सक्यो।

हैदरावादका लागि निकोलस पुरन ६४, कप्तान केन विलियम्सनले ४७ रन बनाउँदा अविषेक शर्माले ३९ रन बनाए। चेन्नईका मुकेश चौधरीले ४ विकेट लिए।

सुरुमा ब्याटिङ गरेको चेन्नईले २० ओभरमा २ विकेट गुमाएर २ सय २ रन जोडेको थियो। उसका लागि रुतुराज गायकवाड ९९ र डेभोन कोन्वेले ८५ रनको अर्धशतकीय इनिङ खेले। हैदरावादका टी नटराजनले २ विकेट हात पारे।

नवौं स्थानमा रहेको चेन्नईले ९ खेलमा ६ अंक जोडेको छ।१० अंकसहित हैदरावाद चौंथो स्थानमा रहेको छ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ६ : १७ बजे

चामे–नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण

गण्डकी– मनाङको चामे गाउँपालिका- ३ र ५ लाई जोड्ने गरी

सुदूरपश्चिमका सांसदसँग छलफल गर्दै प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरिहेका छन्।

झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा सम्पन्न

झापा– झापामा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ

कप्तानगञ्ज घटनाका घाइते रवीन्द्रको उपचारका क्रममा निधन

काठमाडौँ – सुनसरीको कप्तानगञ्जमा भएको घटनामा गम्भीर घाइते भएका थप

पोडवे यातायातले खोल्न सक्छ नयाँ सम्भावनाको ढोका

काठमाडौँ– काठमाडौँ उपत्यकामा बिहान कार्यालय समय सुरु हुनुअघि नै सडकमा