आईपीएलः हैदरावादलाई हराउँदै चेन्नई विजयी | Khabarhub Khabarhub

आईपीएलः हैदरावादलाई हराउँदै चेन्नई विजयी


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किङस विजयी भएको छ। चेन्नईले सनराइजर्स हैदरावादलाई १३ रनले पराजित गर्दै तेस्रो जित दर्ता गरेको हो।

चेन्नईले दिएको २ सय ३ रनको लक्ष्य पूरा गर्न नसक्दा हैदरावाद पराजित भएको हो। हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८९ रन मात्र बनाउन सक्यो।

हैदरावादका लागि निकोलस पुरन ६४, कप्तान केन विलियम्सनले ४७ रन बनाउँदा अविषेक शर्माले ३९ रन बनाए। चेन्नईका मुकेश चौधरीले ४ विकेट लिए।

सुरुमा ब्याटिङ गरेको चेन्नईले २० ओभरमा २ विकेट गुमाएर २ सय २ रन जोडेको थियो। उसका लागि रुतुराज गायकवाड ९९ र डेभोन कोन्वेले ८५ रनको अर्धशतकीय इनिङ खेले। हैदरावादका टी नटराजनले २ विकेट हात पारे।

नवौं स्थानमा रहेको चेन्नईले ९ खेलमा ६ अंक जोडेको छ।१० अंकसहित हैदरावाद चौंथो स्थानमा रहेको छ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ६ : १७ बजे

एनआईसी एशिया बैंक र ई-स्टप नेपालबीच छुट सम्झौता

काठमाडौं– एनआईसी एशिया बैंक र ई-स्टप नेपाल प्रालिबीच बैंकका ग्राहकलाई

‘सुम्निमा’मा उपासनासँग ‘अनस्क्रिन रोमान्स’ गर्दै नायक कुन्साङ

काठमाडौं – ‘अञ्जिला’को व्यवसायिक सफतापछि निर्देशक मिलन चाम्सले निर्देशन गर्न

आकाशे पुल हुँदाहुँदै सडकबाटै जोखिम मोलेर बाटो काट्दै (तस्बिरहरू)

काठमाडौं– पैदलयात्रुको सुरक्षाका लागि निर्माण गरिएका आकाशे पुल, अन्डरग्राउन्ड टनेल

चलचित्र पर्यटनको गन्तव्य विकास गर्नेतर्फ ध्यान केन्द्रित गरौँ : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यका रुपमा

कान्ति बाल अस्पतालसँग एक करोड क्षतिपूर्ति माग गर्दै उपभोक्ता अदालतमा उजुरी

काठमाडौं– उपभोक्ता अदालतले काठमाडौं उपत्यकाका तीन ठूला अस्पताललाई करोडौं क्षतिपूर्ति