कतारमा निजी क्षेत्रका प्रतिष्ठानमा कार्यरत श्रमिकलाई तीन दिन बिदा  « Khabarhub

कतारमा निजी क्षेत्रका प्रतिष्ठानमा कार्यरत श्रमिकलाई तीन दिन बिदा 


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – कतारको श्रम मन्त्रालयले निजी क्षेत्रका प्रतिष्ठानमा कार्यरत कामदारका लागि इद उल फित्रको अवसरमा तीन दिने बिदा घोषणा गरेको छ ।

मन्त्रालयका अनुसार श्रम कानुनको अधीनमा रहेका निजी क्षेत्रका प्रतिष्ठानका कामदारहरूको लागि इद अल-फित्रमा दिन बिदा दिने निर्णय भएको हो ।

इदको बिदामा कामदारलाई काममा लगाउनु पर्ने भएमा श्रम कानुनको दफा (७४) मा उल्लेखित ओभरटाइम भत्तासम्बन्धी व्यवस्था लागू हुने मन्त्रालयले जनाएको छ ।

कतार लगायत खाडी मुलुकहरुमा आज सोमबार इदको पहिलो दिन हो । इदको अवसरमा दोहास्थित नेपाली दूतावास पनि तीन दिन बन्द रहने छ ।

बन्दमा अत्यावश्यक काम परे ३३६९३२९८ मा व्हाट्सएपमार्फत म्यासेज गर्न सकिने दूतावासले जनाएको छ । कतारमा हाल ३ लाख १२ हजार ६५० नेपाली कानुनी रुपमा कार्यरत छन्। जसमा ११ हजार ९० जना महिला छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ७ : ३७ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको