नेपालले उर्जा क्षेत्रमा प्रगति गरेको भन्दै राष्ट्रसंघका उपमहासचिवले गरे प्रशंसा « Khabarhub

नेपालले उर्जा क्षेत्रमा प्रगति गरेको भन्दै राष्ट्रसंघका उपमहासचिवले गरे प्रशंसा


२८ जेष्ठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र संयुक्त राष्ट्रसंघका उपमहासचिव लिउ झेनमिनबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा भएको भेटवार्तामा उर्जा क्षेत्रमा राष्ट्रसंघ र नेपाल सरकारबीच हुन सक्ने सहकार्य र दिगो विकासको बारेमा छलफल भएको जनाइएको छ ।

उपमहासचिव झेनमिनसँगको भेटवार्तामा मन्त्री पुनले नेपालले उर्जाको पहुँचलाई प्राथमिकतामा राखरे काम गरिरहेको बताए । नेपाल सरकारले १० वर्षमा १५ हजार मेगावाट विजुली उत्पादज गर्ने लक्ष्य राखेको उल्लेख गर्दै मन्त्री पुनले त्यसका लागि काम भइरहेको पनि बताए ।

अमेरिकाको न्यूयोर्कमा शुक्रबार राष्ट्रसंघीय फोरमलाई सम्बोधन गरेपछि मन्त्री पुनले त्यहाँका उपमहासचिवसँग भेटवार्ता गरेका थिए ।

मन्त्री पुनले ‘एसडिजी सेभेन’को लक्ष्य महत्वपूर्ण भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न सरकारले कार्यक्रममै राखेर उच्च प्राथमिकताका साथ अघि बढाएको बताए ।

जवाफमा उपमहासचिव झेनमिनले नेपालको उर्जा र जलविद्युतको क्षेत्रमा निकै ठूलो सम्भावना रहेको भन्दै राष्ट्रसंघको आर्थिक, सामाजिक तथा विकास परिषद सहकार्य गर्न इच्छुक रहेको बताए ।

नेपालले उर्जा क्षेत्रमा गरेको प्रगतिको प्रशंसा गर्दै उपमहासचिव झेनमिनले राष्ट्रसंघ नेपाल सरकारसँग नजिक रहेर काम गर्न इच्छुक रहेको बताए ।

प्रकाशित मिति : २८ जेष्ठ २०७६, मंगलबार  ११ : १९ बजे

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी

सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य

काठमाडौँ- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र जडान

जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानबारे छलफल

काठमाडौं– नेपालमा जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानका विषयमा विज्ञान, प्रविधि तथा

गैरदलीय स्थानीय निर्वाचन र विदेशमा मतदान अधिकार माग्दै कुलमानले बुझाए आयोगमा ज्ञापनपत्र

काठमाडौं– उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचन र विदेशमा रहेका