पातारासीका किसान आलुखेतीमा आकर्षित | Khabarhub Khabarhub

पातारासीका किसान आलुखेतीमा आकर्षित


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खलङ्गा– जुम्लाको पातारासी गाउँपालीकास्थित लोर्पा गाउँका किसान पछिल्लो समय आलुखेतीतर्फ आकर्षित भएका छन् । 

सदरमुकाम खलङ्गाबाट एक घण्टा मोटरयात्रापछि पूर्वको पातारासीमा प्रवेश गर्दा भेटिन्छ लोर्पा गाउँ । परम्परागत खेती प्रणाली त्याग्दै व्यावसायिक कृषिकर्ममा लागिपरेका लोर्पावासी  मकै, गहुँ, जौँ रोप्दा दुःख मात्रै हुने हुँदा अहिले नगदेबाली आलु, सिमी, तरकारी, स्याउ र ओखरखेती गरिरहेका छन् ।

घरखर्चदेखि बच्चाको पढाइ खर्चसमेत आलु खेतीबाट हुने गरेको स्थानीयवासी धनवीर बोहोराले बताए । स्थानीयवासीले उत्पादन गरेको कृषि उत्पादनलाई स्थानीय सरकारले विशेष जोड दिएपछि आलुखेती लगायतमा किसान सक्रिय भएको स्थानीय बासिन्दा बताउँछन् । 

विदेशी भूमिमा पसिना बगाउन कम्मर कसेका युवालाई स्वदेशमै कृषिखेतीमा आत्मनिर्भर हुन लोर्पा गाउँका किसानले सन्देश दिएको वडाध्यक्ष डिलबहादुर बोहोराले जानकारी दिए । 

खलङ्गा बजारमा पुग्ने कृषिजन्य उत्पादन सबैभन्दा बढी यहीँबाट आयात हुन्छ । यहाँको आलु, स्याउ, ओखर बाहिरसमेत निर्यात हुने गरेको गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले बताए ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  १ : ५९ बजे

एसइईमा ग्रेड प्राप्त विद्यार्थीहरूलाई प्रधानमन्त्रीले दिए बधाई

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले एसइईमा ग्रेड प्राप्त गरेका

एकीकृत समाजवादीद्वारा किसानलाई आवश्यक मल व्यवस्थापन गर्न माग

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सचिवालय बैठकले रोपाइँको

कैलालीको सुखडमा मदन जयन्ती विशेष विचार गोष्ठी हुने

धनगढी – जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा मदन

पूर्वराष्ट्रपति भण्डारीले शनिबार राजनीतिमा फर्किएको घोषणा गर्न सक्ने

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार नेकपा (एमाले) को सक्रिय राजनीतिमा