युक्रेनको लिभ पुगिन् एन्जेलिना | Khabarhub Khabarhub

युक्रेनको लिभ पुगिन् एन्जेलिना


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एन्जेलिना जोली गत शनिबार युक्रेनस्थित लिभ सहरमा युक्रेन र रुसबीचको युद्धमा घरबार विहीन भएका नागरिकहरूसँग भेटघाट गरेकी थिइन् । 

उनी UNHCR कि दूत रहेता पनि दूतकै हैसियतमा त्यहाँ पुगेकी हुन् कि हैनन् भन्ने कुरा खुलाइएको भने छैन् ।

लिभका रिजनल गभर्नर ‘म्याक्सिम कोजित्स्की’ ले टेलिग्राममा जोलीको स्वैच्छिक कार्यकर्तासँगको फोटो र बालबालिकाहरुसँग खेलिरहेको भिडियो पोष्ट गर्दै, उनीहरु सबैका लागी जोलीको उपस्थिति आश्चर्यजनक रहेको बताएका छन् । जोलीले त्यहाँबाट बिस्थापित भएका र भाग्दै गरेका केही स्वैच्छिक कार्यकर्ताहरुसँग कुरा गर्दै मानसिक सहयोग र हौसला समेत दिएकी थिइन् । 

जोलीले एक अस्पतालमा क्रेमाटर्क्स स्टेसनमा भएको बमबारीका क्रममा घाइते भएका बालबालिकाहरुसँग पनि भेट गरेकी छिन् । गभर्नरका अनुसार उक्त बमबारीमा ५० भन्दा बढि नागरिकहरूको बाँच्नका लागी गरिएको भागदौडका क्रममा मृत्यु भएको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  २ : ५५ बजे

राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबारदेखि सुरु

काठमाडौं– राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय  कार्यकारिणी समितिको बैठक शनिबारदेखि

‘करदातामाथि अतिरिक्त भार नपर्ने गरी कर आधार विस्तार आवश्यक’

काठमाडौं– नेपाल व्यवस्थापन सङ्घ (म्यान) ले आयोजना गरेको एक कार्यक्रममा

चितवनमा चीन–नेपाल कृषि तालिम : हाइब्रिड धानबाट उत्पादन बढाउने आशा

चितवन– चितवनमा १०० भन्दा बढी किसानले चीन–नेपाल दक्षिणी कृषि विज्ञान

भक्तपुरमा मनाइयो नारायण दीप यात्रा (तस्बिरहरू)

काठमाडौं– श्रीकृष्ण जन्माष्टमीको अवसरमा भक्तपुरमा नारायण दीप यात्रा गरिएको छ

पहिरोले धादिङबेसी मलेखु सडक अवरुद्ध

मलेखु – जिल्ला सदरमुकाम धादिङबेँसीलाई पृथ्वीराजमार्गसँग जोड्ने धादिङबेँसी मलेखु सडक