मालदिभ्समा पनि श्रीलंका जस्तै आर्थिक संकट आउनसक्ने चेतावनी | Khabarhub Khabarhub

मालदिभ्समा पनि श्रीलंका जस्तै आर्थिक संकट आउनसक्ने चेतावनी


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकाजस्तै मालदिभ्सको अर्थतन्त्र पनि पर्यटनमा आधारित छ । पछिल्लो दुई वर्षमा कोरोना भाइरसको महामारीका कारण पर्यटकहरुको आगमन घटेकाले मालदिभ्स पनि श्रीलंकाजस्तै आर्थिक संकटमा फस्नसक्ने त्यहाँको अखबारले चेतावनी दिएको छ ।

मालदिभ्स भ्वाइस नामक अखबारले मालदिभ्समा पनि श्रीलंकाको जस्तै अवस्था आउने चेतावनी दिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

श्रीलंकाजस्तै मालदिभ्सले पनि विदेशी ऋणदाताहरुबाट ठूलो परिमाणमा ऋण लिएको मालदिभ्स भ्वाइसले जनाएको छ ।

यद्यपि पछिल्लो समय मालदिभ्सको अर्थतन्त्र श्रीलंकाको तुलनामा सकारात्मक नै रहेको बताइएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष र एसियाली विकास बैंकले मालदिभ्सको अर्थतन्त्रमा वर्ष २०२२ सुधार आउने प्रक्षेपण गरेको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ३ : ४३ बजे

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको

पूर्वमा ‘जारी २’को प्रि-बुकिङमा चाप

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा

झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज माओवादी

च्याम्पियन्स लिग : लिभरपुलले रियल म्याड्रिडलाई हरायो

काठमाडौं – च्याम्पियन्स लिगमा लिभरपुलले रियल म्याड्रिडलाई हराएको छ। गएराति

करिब ५५ लाख रुपैयाँ बराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ अमेरिका निर्यात

काठमाडौं– भैरहवा भन्सार कार्यालयमार्फत ५४ लाख ८८ हजार एक सय