‘कांग्रेसले कलाकारहरुलाई चुनावी प्रचारप्रसारमै मात्र सिमित गर्दैन’ « Khabarhub

‘कांग्रेसले कलाकारहरुलाई चुनावी प्रचारप्रसारमै मात्र सिमित गर्दैन’


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– अभिनेता भुवन केसी कांग्रेस प्रवेश गरेका छन् ।

मंगलबार बिहानै उनले कांग्रेस सभापति शेरबहादुर देउवाको हातबाट टीका लगाउँदै कांग्रेस प्रवेश गरेका हुन् । भुवन केसीसँगै मंगलबार श्वेता खड्का र रवीन्द्र खड्का पनि कांग्रेस प्रवेश गरेका छन् । अभिनेता केसीले आफूलाई विभिन्न पार्टीबाट अफर आएता पनि लोकतान्त्रिक शक्तिलाई अपनाएको बताएका छन् । ‘सबै पार्टीबाट आफ्नोमा आउन आग्रह थियो । तर सबै कुरा विचार गर्दा लोकतान्त्रिक चरित्रलाई आत्मसात गर्ने पुरानो पार्टी भएको नाताले कांग्रेस ठीक लाग्यो,’ उनले भने । आफूले कुनै पदको आश्वासनका कारण कांग्रेस प्रवेश नगरेको समेत भुवनले प्रष्ट पारे । 

‘यति समय देखि नेपाली कलासँग जोडिएर सक्रिय छु । यहाँका समस्यालाई समाधान गर्दै आउने दिनलाई अगाडि बढाउन कांग्रेसले सघाउने विश्वास मलाई छ’ भुवनले भने । उनले सभापति देउवाले आफूलाई पार्टीमा स्वागत गर्दै लोकतान्त्रिक शक्तिलाई बलियो बनाउने विषयमा कुराकानी भएको बताए । ‘सभापति ज्यूले मलाई तपाईँ जस्तो कलाकारले समस्या पहिचान गरेर त्यसलाई सुल्झाउन राज्यलाई सघाउनु पर्छ भन्नु भयो’  भुवनले भने । 

‘कांग्रेसले कलाकारहरूलाई चुनावी प्रचारप्रसारमै मात्र सीमित गर्दैन’ उनले पार्टीले दिएको जिम्मेवारीलाई आफूले सहर्ष स्वीकार्ने बताए । कांग्रेसले कलाकारलाई अन्य पार्टी झैँ प्रचारप्रसारको माध्यम नबनाई सशक्त रुपमा  अगाडि बढाउने विश्वास छ भुवनले भने । स्थानीय चुनावको घोषणा भएसँगै भुवन केसी राप्रपा जाने हल्ला चलेको थियो । पछि उनलाई उन्नत लोकतन्त्र पार्टीले मेयरको उम्मेदवारको रुपमा उठाउन लागेको घोषणा नै गरेको थियो । पछि भुवन केसीले आफू त्यो पार्टीबाट उठ्न लागेको कुरा निराधार रहेको बताएका थिए ।

 २०७० सालको चुनाव ताका भुवन केसी एमाले प्रवेश गरेका थिए । त्यहाँबाट संसदीय चुनावमा सिफारिस भए पनि विरोध भएपछि एमालेले नाम फिर्ता लिएको थियो ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  १ : १८ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक