नेपालगञ्जमा ईदगाहमा चुनावी प्रचार « Khabarhub

नेपालगञ्जमा ईदगाहमा चुनावी प्रचार


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– ईस्लाम धर्मावलम्बीहरूको महान पर्व ‘ईद–उल–फित्र’ ईदका अवसरमा नेपालगञ्जको ईदगाहलाई स्थानीय तहको निर्वाचन प्रचार केन्द्रको रुपमा राजनीतिक दलहरूले प्रयोग गरेका छन् ।

Avatar

एक महिना लामो रमजानको उपवास  ‘रोजा’ पछि सामूहिक नमाज पढेर ईद मनाउने तयारी गरेका मुस्लिम समुदायसँग आफ्नो पक्षमा मतदान गर्नको लागि अपिल गर्दै राजनीतिक दलहरूले आ-आफ्नो स्टलहरु राखेका थिए ।

Avatar
ईदगाहको मस्जिद नजिकै र विपीचोकको मध्य सडकमा राप्रपाका उम्मेदवार नन्दलाल वैश्यले नमाजीहरूका लागि सर्वत र हलुवाको व्यवस्था गरेका थिए भने नजिकै एमालेका मेयरका उम्मेदवार पशुपति दयाल मिश्राको टेन्टमा पानी वितरण गरिएको थियो । 

मस्जिदको पुर्वपट्टी मयंक पेट्रोल पम्प नजिकै सत्ता गठबन्धनको कांग्रेस र संघीय समाजवादीका उम्मेदवार प्रशान्त विष्ट र कमरुद्दिन राईको टेन्ट राखिएको थियो । जसबाट पानी वितरण गरिएको थियो । नजिकै माओवादी केन्द्रको टेन्ट  थियो ।

Avatar

स्थान अभाव भएको कारण बाहिर सडकमै आफ्नो नमाज पढ्न बाध्य भएका नमाजीको सुविधाको भन्दा पनि राजनीतिक दलका उम्मेदवारलाई ईदको शुभकामना व्यक्त गर्दै मत माग्न हतार भएको थियो । नेपालगञ्जको ईदगाह ‘ईद–उल–फित्र’ ईदको नमाजभन्दा पनि निर्वाचनको प्रचार केन्द्र जस्तो देखिएको थियो ।

Avatar

सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी लगायतका सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो । 

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  २ : ३९ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले