राहुल गान्धीले काठमाडौंमा रमाइलो गरेको भिडियो भारतमा भाइरल, भाजपाले निशाना साँध्यो « Khabarhub

राहुल गान्धीले काठमाडौंमा रमाइलो गरेको भिडियो भारतमा भाइरल, भाजपाले निशाना साँध्यो


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल भ्रमणमा रहेका भारतीय काँग्रेस पार्टीका नेता राहुल गान्धीले नाइटक्लबमा रमाइलो गरेको भिडियो हाल भारतमा भाइरल भइरहेको छ । भारतीय सामाजिक सञ्जालमा गान्धीले लर्ड अफ द ड्रिङ्क्समा रमाइलो गरेको भिडियो भाइरल भएको हो ।

यसबाहेक भारतीय सञ्चारमाध्यमहरुले पनि राहुलको नाइटक्लब भ्रमणलाई निकै प्राथमिकताका साथ ठाउँ दिएका छन् ।

यता सत्तारुढ भारतीय जनता पार्टी भाजपाका नेताहरुले भने भिडियो शेयर गर्दै गन्धीमाथि निशाना साँधेका छन् । भाजपाका प्रवक्ता शाहजाद पुनावालाले गान्धीले जे गरेपनि उनको निजी मामिला रहेको टिप्पणी गरेका छन् ।

यद्यपि जब काँग्रेसको नेतृत्वमा रहेको राजस्थान राज्यको ‘जोधपुरमा हिंसा मच्चिरहेको छ, राजस्थान जलिरहेको छ, त्यसको चिन्ता गर्नुको साटो गान्धी नेपालमा पार्टी गरेर बसेको देखिन्छन । जबकी उनले भारतीय जनताका साथ उनीहरुको समस्याबारे जान्नका लागि हुनुपर्ने हो ।’ पुनावालालाई उद्धृत गर्दै भारतीय टेलिभिजन च्यानल आजतकको अनलाइन संस्करणले जनाएको छ ।

त्यस्तै, भारतका केन्द्रीय मन्त्री किरण रिजिजुले पनि भिडियो शेयर गर्दै गान्धीको आलोचना गरेका छन् । उनका अनुसार छुट्टी मनाउनु, पार्टी गर्नु, प्लेजर ट्रिपमा जानु निजीस्तरमा विदेश घुम्न जानु अब देशका लागि नयाँ कुरा नभएको टिप्पणी गरेका छन् ।

त्यसैगरी भाजपाका सामाजिक सञ्जाल इन्चार्ज अमित मालवीयले पनि  गान्धीको आलोचना गरेका छन् । उनले ट्विटरमा गान्धीको भिडियो शेयर गर्दै लेखेका छन्, ‘मुम्बईमा आक्रमण हुने बेला पनि राहुल गान्धी नाइटक्लब मै थिए । पार्टी विष्फोट भइरहेका बेला पनि उनी नाइटक्लब मै छन् । उनमा निरन्तरता छ ।’

यता भारतीय काँग्रेस पार्टीले भने गान्धीको बचाउ गरेको छ । आजतकका अनुसार काँग्रेस पार्टीका प्रवक्ता रणदीप सुरजेवालाले गान्धीले केही गलत काम नगरेको टिप्पणी गरेका छन् ।

गान्धी आफ्नी साथीको बिहेमा सहभागी हुन काठमाडौं आएको भन्दै यो उनको निजी भ्रमण भएको बताएका छन् । कसैको बिहेमा सहभागी हुनु अपराध नभएको सुरजेवालाको टिप्पणी छ ।

गान्धी मंगलबार एकजना साथीको बिहेमा सहभागी हुन नेपाल आएका हुन् । उनी शुक्रबारसम्म नेपालमै रहने बताइएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ३ : २२ बजे

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै

रौतहट– रौतहटको ग्रामीण भेगमा वैकल्पिक ऊर्जाका रूपमा गोबरको गुइँठा प्रयोग