मतदाता प्रभावित पार्न दलहरूले बाँड्न थाले सामान « Khabarhub

मतदाता प्रभावित पार्न दलहरूले बाँड्न थाले सामान


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलका उम्मेदवारहरू मतदातालाई प्रभावित पार्ने अभियानमा लागेका छन् । मतदाता आकर्षित गर्न भक्तपुरका सूर्यविनायक र चाँगुनारायण नगरपालिका क्षेत्रमा राजनीतिक दलहरूले सामान बाँडेको पाइएको हो ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले दुई नगरपालिकामा सामान बाँडेपछि रोकेको जानकारी गराइन् । जिल्ला निर्वाचन कार्यालय भक्तपुरको आयोजनामा मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीसहितको पत्रकारसँग मंगलबार गरेको निर्वाचनबारे अन्तरक्रिया कार्यक्रममा शर्माले एक ठाउँमा बाँडिरहेको र अर्को ठाउँमा बाँड्ने थाहा पाएपछि रोकिएको उल्लेख गरिन् ।

‘एक ठाउँमा राजनीतिक पार्टीले निर्वाचन लक्षित सामान बाँडिरहेको खवर पाएपछि स्थानीय प्रहरी परिचालन गरी रोकियो,’ उनले भनिन्, ‘त्यहाँ कम्बल र थर्मस वितरण गरिएको रहेछ ।’ अर्को ठाउँमा भोलि कार्यक्रम हुने र त्यहाँ सामान पनि वितरण गरिने जानकारी पाएपछि कार्यक्रम नै गर्न नदिएको उनले सुनाइन् । 

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी शिवकुमार श्रेष्ठले जिल्लामा अहिलेसम्म १८ वटा आचारसंहिता विपरीतका घटना भएको जानकारी गराए । प्रहरीलाई जानकारी भएपछि त्यस्ता घटना हुन नदिएको उनले बताए । कतै प्रहरी पुगेर सम्झाइबुझाइ गरेपछि समस्या समाधान भएको र कहीँ भने अटेर गरेको पाइएको उनको भनाइ छ । 

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ३ : ३६ बजे

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको