चण्डिगढ विश्वविद्यालयका वैज्ञानिकद्वारा बालीमा लाग्ने रोग पहिचान गर्नसक्ने एपको विकास « Khabarhub

चण्डिगढ विश्वविद्यालयका वैज्ञानिकद्वारा बालीमा लाग्ने रोग पहिचान गर्नसक्ने एपको विकास


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको चण्डिगढ विश्वविद्यालयका वैज्ञानिकहरुले बालीमा लाग्ने रोगको पहिचान गर्नसक्ने मोबाइल एप्लिकेशनको विकास गरेका छन् ।

तीन वर्ष लगाएर वैज्ञानिकहरुले मोबाइल एपको विकास गरेको भारतबाट प्रकाशित हुने कृषि जागरण अनलाइनले जनाएको छ ।

यसका लागि चण्डिगढ विश्वविद्यालयको अनुसन्धान टिमले ३१ वटा पेटेन्ट समेत दर्ता गराएको जनाइएको छ ।

भारतमा हरेक वर्ष बालीमा लाग्ने रोग र किराका कारण ९० खर्ब भारु बराबरको क्षति हुने कृषि जागरणले जनाएको छ । यसलाई कम गरी किसानहरुलाई सहयोग गर्न चण्डिगढ विश्वविद्यालयले यस्तो एप बनाएको जनाइएको छ ।

कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित यो एपले बालीको तस्वीर लिने र त्यसैको विश्लेषणका आधारमा नतिजा दिने बताइएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ७ : २३ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका