खोटाङमा कांग्रेसका थप दुई बागी उम्मेदवार निष्कासित « Khabarhub

खोटाङमा कांग्रेसका थप दुई बागी उम्मेदवार निष्कासित


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– नेपाली कांग्रेस खोटाङले आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेद्वारी दिएका थप दुई उम्मेदवारलाई पार्टीबाट निष्कासन गरेको छ ।

आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेमा कांग्रेसकातर्फबाट उठाइएका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका क्षेत्रीय प्रतिनिधि राजेन्द्र राई र खोटेहाङ गाउँपालिका–८ सिमपानीको वडाध्यक्षको पदमा आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका क्षेत्रीय प्रतिनिधि चन्द्रबहादुर थापालाई कारबाही गरिएको हो ।

दुवै स्वतन्त्र उम्मेदवारलाई कांग्रेसको विधान २०१७ (संसोधन सहित)को दफा ३४ को उपदफा ४ (क) बमोजिम ५ वर्षका लागि पार्टीको साधारण सदस्यता नरहने गरी निष्कासन गरिएको नेपाली कांग्रेस खोटाङका अनुशासन समितिका संयोजक एवम् जिल्ला सचिव ज्ञानेन्द्र जोशीले जानकारी दिएका छन् । कांग्रेसले स्वतन्त्र उम्मेदवार राई र थापाका प्रस्तावक र समर्थकलाई सोही बराबरको कारबाही गरेको छ । कारबाहीमा परेका राई पूर्वगाविस अध्यक्ष र थापा निवर्तमान वडाध्यक्ष हुन् ।

यसअघि १७ वैशाखमा कांग्रेसले ऐसेलुखर्क गाउँपालिका अध्यक्षको आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराएका सन्तबीर तामाङलाई पनि कारबाही गरेको थियो । पाँच वर्षका लागि पार्टीबाट निष्कासनमा परेका तामाङ कांग्रेसका पालिका सभापति हुन् । ऐसेलुखर्कमा कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एसको गठबन्धनबाट अध्यक्षमा माओवादी केन्द्रका श्रीबहादुर राई उठेका छन् । कांग्रेसबाट उपाध्यक्षमा राजेश राजभण्डारी उम्मेदवार छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा ऐसेलुखर्क गाउँपालिमामा कांग्रेसका बिश्वनाथ निरौला बिजयी भएका थिए ।  यसअघि जितेका दललाई सम्बन्धित पालिकाको प्रमुख दिने केन्द्रीय सहमति विपरीत जिल्लामा अन्य दललाई गाउँपालिकाको नेतृत्व दिने निर्णय गरेको विरोधमा तामाङले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ८ : ५० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै