एसियाली खेलकुद : शुक्रबारबाट तेक्वान्दोका खेलाडी छनोट गरिने « Khabarhub

एसियाली खेलकुद : शुक्रबारबाट तेक्वान्दोका खेलाडी छनोट गरिने


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  चीनको हाङझावमा हुने १९ औँ एसियाली खेलकुदका लागि तेक्वान्दो खेलाडीको प्रारम्भिक छनोट प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । एसियाली खेलकुद भदौ २५ देखि असोज ९ गतेसम्म हुँदैछ ।

प्रतियोगितामा जम्मा ११ स्पर्धामा प्रतिस्पर्धा हुने छनोट समितिका संयोजकसमेत रहेका तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् ।

ग्योरोगीमा पुरुषतर्फ ५ र महिलामा ४ गरी ९ स्पर्धामा खेल हुने छ । पुरुष/महिला एकल पुम्से विधा पनि समावेश छ ।

ग्योरोगीको पुरुषमा ५८ केजीमुनि, ६३ केजीमुनि, ६८ केजीमुनि, ८० केजीमुनि र ८० केजीमाथि तथा महिलामा ४९ केजीमुनि, ५३ केजीमुनि, ५७ केजीमुनि र ६७ केजीमुनि तौलसमूहमा भिडन्त हुने छ ।

सहभागी हुन १८ वर्ष पूरा भएको हुनुपर्ने छ । छनोटमा भाग लिन हालसम्म आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडी, कुनैपनि आमन्त्रण अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पदक प्राप्त खेलाडी, राष्ट्रिय खेलकुद परिषद्/संघले आयोजना गरेको वा संघले मान्यता दिएको राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रदेशस्तरीय प्रतियोगितामा स्वर्ण विजेता खेलाडी तथा विभागीय टिमको हकमा विभागले आयोजना गरेको विभागीय राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक प्राप्त खेलाडी हुनु पर्ने छ ।

प्रत्येक स्पर्धामा चार खेलाडी पहिलो चरणलाई छनोट हुने छन् । दुईदिने छनोट प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीको हलमा हुने छ ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  १० : ०९ बजे

एमाले सचिवालयको आकस्मिक बैठक च्यासलमा सुरु

काठमाडौँ– नेकपा एमालेको सचिवालयको आकस्मिक बैठक सुरु भएको छ ।

एमाले सचिवालयको आकस्मिक बैठकमा पदाधिकारीहरू जम्मा हुँदै (तस्बिरहरू)

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सचिवालयको

कर्ण थापाको टिप्पणी : प्रतिशोधका आधारित ओलीको गिरफ्तारी शतप्रतिशत गलत

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले

गृहमन्त्री गुरुङ किन एक्कासी ललितपुर प्रहरी कार्यालय पुगे ?

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ एकाएक ललितपुर प्रहरी कार्यालय पुगेका छन्

योगेश भन्छन् : ओली-लेखकलाई सरकारले अविलम्ब रिहाइ गरोस्

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले