एसियाली खेलकुद : शुक्रबारबाट तेक्वान्दोका खेलाडी छनोट गरिने « Khabarhub

एसियाली खेलकुद : शुक्रबारबाट तेक्वान्दोका खेलाडी छनोट गरिने


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  चीनको हाङझावमा हुने १९ औँ एसियाली खेलकुदका लागि तेक्वान्दो खेलाडीको प्रारम्भिक छनोट प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । एसियाली खेलकुद भदौ २५ देखि असोज ९ गतेसम्म हुँदैछ ।

प्रतियोगितामा जम्मा ११ स्पर्धामा प्रतिस्पर्धा हुने छनोट समितिका संयोजकसमेत रहेका तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् ।

ग्योरोगीमा पुरुषतर्फ ५ र महिलामा ४ गरी ९ स्पर्धामा खेल हुने छ । पुरुष/महिला एकल पुम्से विधा पनि समावेश छ ।

ग्योरोगीको पुरुषमा ५८ केजीमुनि, ६३ केजीमुनि, ६८ केजीमुनि, ८० केजीमुनि र ८० केजीमाथि तथा महिलामा ४९ केजीमुनि, ५३ केजीमुनि, ५७ केजीमुनि र ६७ केजीमुनि तौलसमूहमा भिडन्त हुने छ ।

सहभागी हुन १८ वर्ष पूरा भएको हुनुपर्ने छ । छनोटमा भाग लिन हालसम्म आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडी, कुनैपनि आमन्त्रण अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पदक प्राप्त खेलाडी, राष्ट्रिय खेलकुद परिषद्/संघले आयोजना गरेको वा संघले मान्यता दिएको राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रदेशस्तरीय प्रतियोगितामा स्वर्ण विजेता खेलाडी तथा विभागीय टिमको हकमा विभागले आयोजना गरेको विभागीय राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक प्राप्त खेलाडी हुनु पर्ने छ ।

प्रत्येक स्पर्धामा चार खेलाडी पहिलो चरणलाई छनोट हुने छन् । दुईदिने छनोट प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीको हलमा हुने छ ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  १० : ०९ बजे

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका