अर्थमन्त्रीको दावी– नेपालमा दक्षिण एसियाकै सुदृढ बैंकिङ प्रणाली « Khabarhub

अर्थमन्त्रीको दावी– नेपालमा दक्षिण एसियाकै सुदृढ बैंकिङ प्रणाली


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा दक्षिण एशीयाकै सबैभन्दा सुदृढ बैंकिङ प्रणाली रहेको दाबी गरेका छन् ।

बैंकिङ प्रणाली राम्रो भएकै कारण विदेशी बैंकहरुले नेपाली बैंकहरुलाई ऋण दिन शुरु गरेको पनि बताएका छन् ।

पूँजी र निक्षेपको अनुपात मात्रै हेर्दा पनि नेपालको बैंकिङ प्रणाली दक्षिणी एशीयामा सबैभन्दा राम्रो रहेको खतिवडाले दाबी गरे ।

मंगलबार काठमाडौंको टंगालमा निक्षेप तथा कर्जा सुरक्षण कोष कार्यालय भवनको शिलान्यास गर्दै अर्थमन्त्री खतिवडाले बैंकिङ प्रणाली राम्रो भएकाले नेपालमा वैदेशिक लगानी भित्र्ने सम्भावना बढेको पनि बताए ।

भवन शिलान्यास कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले निक्षेप विमा कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लैजानुपर्र्नेमा पनि जोड दिए ।

निक्षेप तथा कर्जा सुरक्षण कोषलाई बलियो बनाउन आगामी आर्थिक वर्ष भित्र यसको कोष १० अर्ब पु¥याउने पनि घोषणा गरे ।

कोषलाई बलियो बनाएर विपन्न वर्गलाई पनि बैंकिङ प्रणालीमा समावेश गराउने योजना रहेको अर्थमन्त्रीको भनाइ थियो ।

कार्यक्रममा कोषका प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रले कोषले चालू आर्थिक वर्षको ९ महिनामा २ अर्ब मुनाफा आर्जन गर्न सफल भएको जानकारी दिए ।
सबै प्रदेशमा कोषको शाखा कार्यालय स्थापनाका लागि जग्गा खरिदको काम सम्पन्न गरिएको पनि कार्यकारी अधिकृत मिले जानकारी दिए ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  २ : ३२ बजे

वीरगञ्जको नीति तथा कार्यक्रम : सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रममा

हरेक व्यवसाय मानव अधिकारमैत्री हुनुपर्छ : न्यायाधीश फुँयाल

काठमाडौं– सर्वोच्च अदालत न्यायाधीश हरिप्रसाद फुँयालले हरेक व्यवसाय मानव अधिकारमैत्री

रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं– बिहीबार बोलाइएको प्रतिनिधिसभा बैठक बैठक स्थगित गरिएको छ ।

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि

रास्वपा महाधिवेशन : खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रममन्त्री रामजी यादवको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा युवा,