आईजीपी नियुक्ति निर्णयविरुद्धको रिटमा आज सुनुवाइ « Khabarhub

आईजीपी नियुक्ति निर्णयविरुद्धको रिटमा आज सुनुवाइ


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीमा धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गर्ने सरकारको गत आइतबारको निर्णयविरुद्ध परेको रिटमा आज बुधबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

सिंहको नियुक्तिविरुaद्ध एआईजी विश्वराज पोखरेलले वारेसमार्फत लगेको रिट स्वीकार गर्दै सर्वोच्चले सुनुवाइका लागि बुधबार मिति तोकेको थियो।

वरिष्ठता मिचेर सिंहलाई आईजीपीमा नियुक्त गरेको दाबीसहित पोखरेल गत सोमबार सर्वोच्च पुगेका हुन्। सिंहभन्दा पोखरेल १६ महिना अगाडि एआईजीमा बढुवा भएका थिए। मन्त्रिपरिषद्को आइतबारको बैठकले सिंहलाई आईजीपीमा नियुक्त गरेको थियो।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ९ : ५५ बजे

मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालनबारे छलफल

झापा– प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज

सिरहा गोलबजारमा कर्फ्यु यथावत (तस्बिर)

सिरहा– सुनसरीको घटनापछि सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर

निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित

झापा– भद्रपुर भन्सार कार्यालयले निर्यात ठप्प हुँदा गत आर्थिक वर्षमा

सद्भाव र शान्तिको सन्देश दिँदै सर्लाहीमा र्‍याली

काठमाडौँ– सुनसरीको कप्तानगञ्जमा भएको जातीय हिंसापछि देशका विभिन्न स्थानमा तनाव

गोदावरी मार्बलको खण्डहर स्वरुप (तस्बिर)

काठमाडौँ– उद्योगका याद विस्मृत भएका छैनन् । कुन कुनामा के