मान्छे मार्ने बाघ निकुञ्जको नियन्त्रणमा | Khabarhub Khabarhub

मान्छे मार्ने बाघ निकुञ्जको नियन्त्रणमा


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवन राष्ट्रिय निकुञ्जले मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिएको छ । पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनबाट  बाघ नियन्त्रणमा लिइएको हो । 

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यही वैशाख १८ गते एक जनाको ज्यान लिएपछि बाघलाई नियन्त्रणमा लिइएको हो । सो क्षेत्रमा केही समय अघिदेखि रहेको यस बाघलाई पहिले नै नियन्त्रणको प्रयास गरिए पनि सफल हुन सकेको थिएन । 

थप शक्ति परिचालन गरेर सो बाधलाई नियन्त्रणमा लिइएको हो । अन्दाजी १० वर्षको भाले बाघलाई नियन्त्रणमा लिएर सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा रहेको खोरमा राखिएको छ । बाघको आनीबानी हेरेर केही दिन थप निर्णय गरिने उनले जानकारी दिए। 

बाघ राख्न कसरा र सौराहामा खोर छ । कसराका खोरमा दुईवटा बाघ रहेका छन् । एउटा बाँकेबाट ल्याइएको हो भने अर्काे स्थानीय देवनगरबाट ल्याइएको हो । सूचना अधिकारी तिवारीका अनुसार विसं २०७८ असार ७ गतेदेखि हालसम्म बाघको आक्रमणमा परेर १२ जनाको ज्यान गएको छ ।  निकुञ्ज र वन क्षेत्रमा बाघले आक्रमण गरेको हो । 

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ११ : ०९ बजे

वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङमा इङ्गल्यान्डविरुद्ध भारतको जित

काठमाडौं – वैभव सूर्यवंशीले शानदार ब्याटिङमा भारतको यु-१९ टोली विजयी

युद्धरत रुवान्डा र कङ्गोले अमेरिकामा गरे सहमति

वाशिङ्टन – दुई अफ्रिकी देश रुवान्डा र प्रजातान्त्रिक गणतन्त्र कङ्गोले

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १४ गते शनिबार। असार

आज २०८२ साल असार १४ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १४ गते शनिबार। असार