‘संघर्षका दिन फर्कियोस् भन्ने चाहन्छु’ « Khabarhub

‘संघर्षका दिन फर्कियोस् भन्ने चाहन्छु’


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– आर्यन सिग्देलले आफ्नो छवि ‘चकलेटी हिरो’ को रुपमा स्थापित गरे ।

 एक्सनमय फिल्मको समयमा आर्यनले दर्शकको मन लभ स्टोरी मार्फत जिते । ‘किस्मत’ मार्फत उदाएका आर्यनले ‘मेरो एउटा साथी छ’ पश्चात फर्किएर हेर्नु परेन । नेपाली फिल्ममा चकलेटी हिरोको लिस्टमा आर्यन नम्बर वान बने । यद्यपि यो उनले सहजै पाएका होइनन् । यसका लागि आर्यनले गरेको संघर्षको कथा बेग्लै छ । 

स्टेज शो, सिरियल, म्युजिक भिडियो पश्चात आर्यनले फिल्ममा आफ्नो स्टारडम बनाउने मौका पाएका थिए । यिनै आर्यनले एक म्युजिक भिडियो सार्वजनिक गर्ने कार्यक्रममा आफूले संघर्षका दिन फर्कियोस् भन्ने चाहेको बताए ।’मलाइ बाल्यकाल भन्दा पनि संघर्षका दिन फर्कियोस् भन्ने लाग्छ । त्यो समयमा उर्जा थियो र सुन्दरता पनि’ आर्यनले भने । निखिल उप्रेती, विराज भट्टको एक्सन ट्रेन्डलाई प्रेम कथानक फिल्महरू बदल्न सफल आर्यनले आफूले फिल्मको संख्या भन्दा पनि क्वालिटीमा ध्यान दिने बताए । 

‘निखिल दाइ, विराज दाइको समयमा मैले वर्षमा बढीमा दुई या तीन फिल्म गरेको छु । जबकी उहाँहरूको फिल्मको ६ भन्दा बढी हुन्थ्यो । मैले त्यो समयमा पनि आफूलाई फुर्सदिलो बनाएको छ’ आर्यनले भने । आफूले फुर्सदको समयलाई सदुपयोग गर्ने आर्यनले बताए । ‘म खुशी छु । त्यसैले मैले कलाकारितामा लामो यात्रा तय गर्न सकेको छु’ उनले भने । आर्यन पछिल्लो समय म्युजिक भिडियोमा पनि उत्तिकै देखिन थालेका छन् । 

२०७६ सालमा आर्यनका दुई फिल्म  ‘हजार जुनीसम्म’ र ‘चचहुइ’ पश्चात पर्दामा नदेखिएका आर्यनले  ‘डिसेम्बर फल्स’ को छायांकन समेत गरिसकेका छन् । यस्तै उनले काम गर्ने भनिएको प्रोजेक्ट ‘मिरर’ पनि हो ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  १२ : २४ बजे

कान्समा अवार्ड जितेर फर्किएको फिल्म ‘इलिफेन्ट इन द फग’ टोलीलाई विमानस्थलमा स्वागत

काठमाडौँ- कान्स फिल्म फेस्टिभलमा अवार्ड जितेको फिल्म ‘इलिफेन्ट इन द

सुकुम्बासी बस्ती खाली गरेपछिको थापाथली (तस्बिरहरू)

काठमाडौं– सरकारले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाइएपछि बागमती नदी किनार क्षेत्र

पोखरा महानगरको योजना : फिर्के खोलाको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

कास्की– पोखरा महानगरपालिका विगत लामो समयदेखिको प्रयासपछि फिर्केको अतिक्रमण हटाउन

मुटु, मिर्गौला र कलेजोका लागि कागती पानी कति फाइदाजनक ?

नेपाली समाजमा कागती पानीका फाइदाहरूबारे विभिन्न भ्रम र यथार्थहरू प्रचलित

गुप्तेश्वर गुफामा पर्यटकको भीड : एकै दिनमा पाँच लाखको टिकट बिक्री

गण्डकी– ऐतिहासिक, धार्मिक एवं पुरातात्त्विक महत्त्व बोकेको गुप्तेश्वर गुफाले एकैदिनमा