गृहमन्त्री खाणद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण | Khabarhub Khabarhub

गृहमन्त्री खाणद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न लागिएको अन्तर्राष्ट्रिय उडानको तयारीबारे जानकारी लिएका छन् ।

विमानस्थल अध्यागमन कार्यालयका निमित्त प्रमुख अनुप केसीले गृहमन्त्री खाणले आज बिहान विमानस्थलको निरीक्षण गर्दै अन्तर्राष्ट्रिय उडानबारे जानकारी लिएको बताए । 

गृहमन्त्री खाणलाई आगामी २ जेठमा बुद्ध जन्मजयन्तीको अवसर पारेर अन्तर्राष्ट्रिय उडान सुरु गर्ने जानकारी दिएको केसीको भनाइ छ । 

केसीका अनुसार जजिरा एयरलाइन्सले पहिलो उडान भर्ने छ । त्यसका लागि विमानस्थल अध्यागमन कार्यालयले सहमति गरिसकेको केसीले बताए ।  

निरीक्षणको क्रममा मन्त्री खाणले विमानस्थलमा अध्यागमनको तयारी, आगमन र प्रस्थानको तयारीबारे पनि केसीसँग जानकारी लिएका थिए । 

खाण आजै काठमाडौं हुँदै विराटनगर जाने छन् । त्यहाँ पार्टीको चुनावी सभा आज आयोजना हुँदै छ । 

 

 

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  १२ : ४० बजे

कीर्तिपुरमा बाघ भैरव जात्रा (तस्बिरहरू)

कीर्तिपुर– कीर्तिपुरमा आज बाघ भैरव जात्रा मनाइँदै छ । यो

कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण

झापा– झापाको कनकाई नगरपालिका– ४ स्थित कन्काई घाटमा विद्युतीय शवदाह

स्पेनिस ला लिगा : बार्सिलोनाको विजयी सुरुवात

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले विजयी सुरुवात गरेको छ

एमाले विधान महाधिवेशनको तयारी तीव्र, १९ दिन बाँकी, २३ सय ९२ जना सहभागी हुने 

काठमाडौं– यही भदौ २० देखि २२ गतेसम्म हुने नेकपा एमालेको

फेदीखोला हाइड्रोपावरले साधारण सेयर बिक्री गर्ने

काठमाडौं– फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले १७ करोड ५० लाख बराबरको