यति खतरनाक छ हैटीको ‘४०० मवोजो' ग्याङ्ग, नाइके भने अमेरिका सुपुर्दगी | Khabarhub Khabarhub

यति खतरनाक छ हैटीको ‘४०० मवोजो’ ग्याङ्ग, नाइके भने अमेरिका सुपुर्दगी


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्यारेबियन सागरमा अवस्थित मुलुक हैटीले ‘४०० मवोजो’ नामक कुख्यात आपराधिक ग्याङ्गका नाइकेलाई अमेरिका सुपुर्दगी गरेको छ ।

अमेरिकी नागरिकहरूको अपहरण गरेको र हतियार तस्करी गरेको आरोपमा ग्याङ्गका नाइके योनयोन भनिने गेरमाइन जोलीलाई अमेरिका सुपुर्दगी गरिएको हो ।

उनलाई मङ्गलबार अमेरिकाको संघीय जाँचबुझ ब्युरो एफबीआईको विमानबाट अमेरिका लगिएको बीबीसीले जनाएको छ । अमेरिका सुपुर्दगी गर्नुअघि पनि उनले धेरै वर्ष हैटीको जेलमा बिताएको बताइएको छ ।

गत वर्ष यही ग्याङ्गले १७ जना इसाई मिसिनरीलाई हैटीमा दुई महिनासम्म बन्धक बनाएको थियो । यसबाहेक ‘४०० मवोजो’ ले गत साता पूर्वी छिमेकी डोमिनिकन गणतन्त्रका एकजना कूटनीतिज्ञलाई अपहरण गरेको जनाइएको छ ।

स्वदेश फर्किने क्रममा हैटीको राजधानी पोर्ट औ प्रिन्सस्थित डोमिनिकन गणतन्त्रको दूतावासमा काम गर्ने कूटनीतिज्ञ कार्लोस गुलिएनलाई ‘४०० मवोजो’ ग्याङ्गले अपहरण गरेको थियो ।

गत वर्षको जुलाई महिनामा तत्कालीन राष्ट्रपति जोभेनल मोइजको हत्या भएयता यो ग्याङ्ग हैटीमा शक्तिशाली बनेको बीबीसीले उल्लेख गरेको छ ।

गत महिनामात्र हजारौं मानिसहरूले आपराधिक ग्याङ्गको हिंसा रोक्न माग गर्दै प्रदर्शन गरेका थिए । ‘४०० मवोजो’ ग्याङ्गले मुलुकको रणनीतिक इलाकाहरूमा पनि कब्जा जमाएको बीबीसीले जनाएको छ ।

राजधानी पोर्ट औ प्रिन्सलाई छिमेकी डोमिनिकन गणतन्त्रसँग जोड्ने एकमात्र सडकमार्ग पनि यही ग्याङ्गको नियन्त्रणमा रहेको बताइएको छ ।

यस ग्याङ्गले विदेशीलाई अपहरण गरेपछि ठूलो परिमाणमा फिरौती रकम माग्ने गरेको बताइएको छ । १७ इसाई मिसिनरीलाई अपहरण गरेपछि पनि यस ग्याङ्गले १० लाख अमेरिकी डलर फिरौती रकम माग गरेको थियो ।

बन्धक बनाइएका ती मिसिनरीहरु मुक्त भएपनि कति फिरौती तिरेर उनीहरुलाई रिहा गरिएको भन्ने अझै स्पष्ट छैन ।

पछिल्ला केही सातामा हैटीका सुरक्षा फौजले यस ग्याङ्गविरुद्ध ठूलो अभियान चलाएका थिए । यस सुरक्षा अभियानमा यो ग्याङ्गका धेरै सदस्यहरु मारिएको र गिरफ्तार भएको बताइएको छ ।

केही दिनअघि यस ग्याङ्ग र प्रतिद्वन्द्वी ‘चे मेचान’ ग्याङ्गका सदस्यबीच राजधानीको सिटे सोलेइल क्षेत्रमा भीषण भिडन्त भएको थियो ।

भिडन्तमा कम्तीमा पनि २० सर्वसाधारण मारिएको हैटीका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ४ : ३७ बजे

गण्डकी प्रदेशस्तरीय क्रिकेट : तनहुँ र स्याङ्जा विजयी

कास्की – पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय

अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

अहमदावाद – भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको

गर्मी बढेपछि बर्दिवासका विद्यालय तीन दिन बन्द

जलेश्वर – विगत केही दिनदेखि एक्कासी गर्मी बढेपछि महोत्तरीको बर्दिवास

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

अछाम – अछामको मङ्गलसेन नगरपालिकाले आफ्न्नो नगरको फोहोरको व्यवस्थापन गर्न

जहाँ जाऊ लागिरहन्छ माया देशको…

काठमाडौं – “मेरो बाउबाजे नेपाल आउन नपाई संसार त्याग्नुभयो, म