नेपालको आर्थिक वृद्धि सन्तोषजनक : गभर्नर अधिकारी « Khabarhub

नेपालको आर्थिक वृद्धि सन्तोषजनक : गभर्नर अधिकारी


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको आर्थिक वृद्धि सन्तोषजनक नै रहेको दाबी गरेका छन् । 

बुधबार नेपाल चार्टड् एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले गरेको कार्यक्रममा गभर्नर अधिकारीले गत वर्ष ५ दशमलव ८ आर्थिक वृद्धि रहेकोमा यस वर्षको ५ दशमलव ५ प्रतिशत रहनु सन्तोषजनक नै मान्नुपर्ने बताएका हुन् । 

उनले विश्व बजारमा देखिएको इन्धनको मूल्यवृद्धिको असर नेपालको अर्थतन्त्रमा देखिएको पनि बताए ।

अहिलेको अवस्थामा बाह्य क्षेत्र नै चुनौतीपूर्ण रहेको उनको भनाइ छ । उनले करिब दुई अर्बको निर्यातले २१ अर्बको आयातलाई धान्न नसक्ने भन्दै इम्पोर्ट धान्न रेमिट्यान्स भए पनि अहिले रेमिट्यान्स सस्टेनेबल नरहेको तर्क गरे ।

गभर्नर अधिकारीले रेमिट्यान्सलाई औपचारिक बनाउन खोज्दा पनि सम्भव नहुने देखिएको बताए ।

उनले केही आयात गरेका सामाग्रीहरू नेपालमा नै प्रयोग नहुने अवस्था अहिले पनि देखिएको भन्दै त्यस विषयमा अनुसन्धानको आवश्यकता रहेको धारणा राखे ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ४ : ४६ बजे

उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

स्पेनिस ला लिगा : अन्तिम मिनेटमा सम्हालिन नसक्दा रियल म्याड्रिड पराजित

काठमाडौं – स्पेनिस ला लिग अन्तर्गत शनिबार भएको खेलमा रियल

विश्वकपः आज सुपर-८ का दुई प्रतिस्पर्धा, दोस्रो खेलमा भारत र दक्षिण अफ्रिका भिड्दै

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ का दुई खेल

विश्वकपः सुपर-८ को पहिलो खेल वर्षाले अवरुद्ध हुँदा पाकिस्तान र न्युजिल्यान्डले अंक बाँडे

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ को पहिलो खेलमा

निर्वाचन ११ दिन बाँकी : ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम

काठमाडौं – निर्वाचनलाई बढीभन्दा बढी सहभगितामूलक बनाउने र बदर प्रतिशत