ओटीटीमा आउँदै ‘बिस्ट’ « Khabarhub

ओटीटीमा आउँदै ‘बिस्ट’


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिण भारतीय सुपरस्टार थलापति विजयले कोरोना भाइरसको महामारी पश्चात रिलिज गरेको फिल्म ‘मास्टर’ बाट दर्शक माझ एउटा भिन्न पहिचान बनाए ।

 कोभिडको पहिलो लहरपछि सन् २०२१ मा प्रदर्शनमा आएको यो फिल्मले बक्स अफिसमा उत्कृष्ट कमाई गरेको थियो । ‘मास्टर’ पछि सबै दर्शक उनको आगामी फिल्म ‘बिस्ट’ को प्रतीक्षा गरिरहे थिए । समाचारअनुसार यो फिल्ममा विजयले सय करोड रुपैयाँ पारिश्रमिक लिए । यद्यपि फिल्मले बक्स अफिसमा कमाल देखाउन सकेन । गत अप्रिल १३ मा रिलिज भएको फिल्मले दर्शक नपाएपछि अब यसलाई ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज गरिने भएको छ ।

नेल्सन दिलीपकुमार निर्देशित फिल्मलाई यहिँ मे महिनाको ११ तारिखमा नेटफ्लिक्समा हेर्न पाइनेछ । नेटफ्लिक्सले फिल्म रिलिज बारे एक पोस्टर सार्वजनिक गर्दै ‘कन्फर्म’ गरेको छ । फिल्ममा विजयसँग प्रमुख भूमिकामा पूजा हेगडेको अभिनय छ । फिल्ममा योगी बाबु, अर्पणा दासलगायत कलाकारले अभिनय गरेका छन् । एक्सन थ्रिलरको यो फिल्मका लागि अभिनेता विजयले १० वर्ष पश्चात टिभी अन्तर्वार्ता समेत दिएका थिए ।

‘सन टीभी’ ले गत अप्रिल १० मा राति ९ बजे प्रसारण गरेको अन्तर्वार्ता विजयले कुनै पनि टेलिभिजनलाई १० वर्षपछि पहिलोपटक दिएका थिए । प्यान इन्डिया फिल्मको रुपमा रिलिज गरिएको फिल्मले कुनै पनि भाषामा दर्शकको साथ पाउन सकेन ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ५ : ३८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको