आर्यन र प्रदीप एकसाथ ? « Khabarhub

आर्यन र प्रदीप एकसाथ ?


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्देशक दिनेश राउतका मनपर्ने नायक हुन् आर्यन सिग्देल ।

 फिल्ममा आउनु भन्दा अगाडि नै मित्रता भएकाले पनि यी दुईको सम्बन्ध खास छ । ‘आई एम सरी, नोभेम्बर रेन, क्लासिक’ जस्ता फिल्ममा यी दुईले काम गरेका छन् । आर्यनसँग ‘सनराइज टकिला’ को समयमा कुराकानी नमिलेपछि यी दुईको सम्बन्धमा दरार समेत आयो । त्यसपछि दिनेशले केही हिरोसँग काम गरेका छन् । यद्यपि दिनेशको क्याम्पकै हिरोको रुपमा प्रदीप खड्का भित्रिए ।

प्रदीपसँग दिनेशको सहकार्य ‘प्रकाश’ मा पहिलोपटक भयो । त्यसपश्चात् दिनेशसँग प्रदीप निकट छन् । आर्यनको अभिनय क्षमता दर्शकमाझ देखाएका दिनेशले ‘प्रकाश’ को माध्यमबाट प्रदिपको अभिनय क्षमता पनि देखाउने तयारी गरेका छन् । दिनेशले पछिल्लो समय दिनेश र प्रदीपसँग फिल्मका विषयमा कुराकानी थालेपछि यी दुईलाई लिएर फिल्म बन्ने चर्चा बढेको छ । दिनेशले एक नयाँ फिल्मको तयारी गरेका छन् ।

यसमा प्रदीपसँगै आर्यनलाई पनि लिने सोच दिनेशको छ । यद्यपि उनी फिल्म घोषणा नहुँदासम्म फिल्मको विषयमा केही बोल्न चाहदैनन् । फिल्म  ‘प्रकाश’ रिलिज नभएसम्म दिनेश यो फिल्मको विषयलाई लिएर नबोलेता पनि भेटघाटका कारण फिल्म बारे चर्चा बढ्दो छ । 

यसका साथै दिनेशले गायक स्वरुप सुमनलाई लिएर पनि फिल्म बनाउने चर्चा फिल्मनगरीमा छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ५ : ४६ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को