सोनुले नेपाली बालिका मुस्कानको पढाइ खर्च व्यहोर्ने « Khabarhub

सोनुले नेपाली बालिका मुस्कानको पढाइ खर्च व्यहोर्ने


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय अभिनेता सोनु सुद कोरोना भाइरसको महामारी पश्चात सामाजिक कार्यमा सक्रिय छन् ।

 उनले लकडाउनमा फसेका यात्रुलाई गन्तव्यसम्म पुर्याउने काम गरेर चर्चामा आए । फिल्मको पर्दा भिलेन देखिने सोनुले असली जीवनमा भने सहयोगी भाव स्थापित गरे । उनको यस्तो कल्याणकारी कार्य भारतमा मात्र सीमित छैन, उनले नेपालमा समेत सहयोगी हात बढाएका छन् ।

सोनुले नेपाली किशोरी मुस्कान कर्णको पढाइ खर्चको जिम्मा लिएका छन् । वीरगञ्जकी बालिका कर्णको पढाइ खर्च व्यहोर्ने जानकारी उनले ट्वीटरमार्फत दिएका छन् । ‘नेपालमा सबैलाई भनिदिनू, अब पूरा जिन्दगीको लागि तपाईंको पढाइको व्यवस्था भएको छ,’ उनले ट्वीटरमा लेखेका छन् ।

सोनुको सञ्चालन गरिरहेको फाउण्डेसनले ती नेपाली बालिकाको पढाइ खर्च व्यहोर्ने भएको छ । ट्वीटरमा विद्यापति शंकर नामक एक प्रयोगकर्ताले बालिका मुस्कानलाई सहयोग गर्न सोनुलाई आग्रह गरेका थिए । 

उनको जवाफमा सुदले सहयोगको वचन दिएका हुन् । सन् २०२१ मार्चमा उनले मेरुदण्डको पक्षघातबाट पीडित नेपाली किशोर मधु पौडेलको शल्यक्रिया खर्च व्योहोरेका थिए । 

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ६ : ०३ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को