पुलिसको दुवै टोलीलाई सफलता « Khabarhub

पुलिसको दुवै टोलीलाई सफलता


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विभागीय टोली नेपाल पुलिस क्लबको महिला तथा पुरुष दुवै टोलीलाई छैटौँ आरबिबि–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा बुधबार सफलता प्राप्त भएको छ । 

महिला तर्फ पुलिसले बुटवलको एभरेस्ट भलिबल क्लबलाई २५–१८, २५–१९, २५–१४ ले तथा पुरुष तर्फ गण्डकी प्रदेश भलिबल क्लबलाई २५–२३, २५–१६, ३२–३० ले पराजित गर्दै सफलता प्राप्त गरेको हो ।

यस्तै आजै भएको महिला तर्फको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले होङ्गवाङ्गजी न्यू डायमण्ड क्लबलाई २५–१६, २५–१२, २५–१२ ले पराजित गरेको छ ।

नेपाल पुलिसको यो जितसँगै दुई खेलबाट ६ अंक बनाएको छ भने सेनाको तीन खेलबाट ६ अंकनै रहेको छ । यस्तै नेपाल एपिएफ क्लबको ३ अंक, एभरेस्ट भलिबलको २ अंकन्यू डायमण्डकोअंक रहेको छ ।

 न्यू डायमण्डकी स्टार खेलाडी प्रतिमा माली घुँडामा चोट बोकेका कारण यस प्रतियोगितामा अनुपस्थित रहेकी छिन् ।

राष्ट्रिय वाणिज्य बैंकको प्रायोजनमा भएको प्रतियोगिताको पुरुष तर्फ टिपटप हेल्प नेपालले एपिएफ माथि ३–१ को जित निकाल्यो । 

टिपटपले एपिएफलाई २५–२२, २५–१९, २८–३०२५–२३ ले पराजित गर्‍यो । पुलिसले यो जितसँगै ९ अंक बनाएको छ । 

यस्तै हेल्प नेपालको ८ अंक, सेनाको ९ अंक, एपिएफकोअंक, गण्डकीको ४ र गलकोटको ० अंक रहेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ७ : १४ बजे

ब्रिक्स सम्मेलन : कूटनीतिक क्षेत्रमा भारतले मारेको अन्तर्राष्ट्रिय बाजी

दक्षिणी छिमेकी भारतको राजधानी नयाँ दिल्लीमा हालै सम्पन्न ब्रिक्सको अठारौँ

दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

म्याग्दी– यहाँकोे दरवाङ–मुना–ढोरपाटन सडक योजनाको ठेक्का सम्झौताको १४ महिनाका अवधिमा

आज कागे अष्टमी पर्व, कागेश्वरी महादेव मन्दिरमा पूजाआराधना गरिँदै

काठमाडौँ– प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी

आज शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज ३ गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण