रातो मच्छिन्द्रनाथको रथयात्रा बुधबारबाट सुरु « Khabarhub

रातो मच्छिन्द्रनाथको रथयात्रा बुधबारबाट सुरु


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा बुधबारबाट सुरु भएको छ । 

ललितपुरको पुल्चोकमा रहेको रथलाई बुधबार तानिएको हो । मच्छिन्द्रनाथको रथयात्रा वैशाख शुक्ल प्रतिपदामा सरू भएर आषाढ शुक्ल चतुर्थी सम्म चल्छ । 

No description available.

 

पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा लिइन्छ । हिन्दु धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक करुणामयी रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ अर्थात् पञ्चबुद्धमध्येका चौथो बुद्धका रूपमा पूजा गर्छन्। मछिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ । पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्‍याएर भोटो देखाइन्छ । योसँगै मछिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा  समापन हुन्छ । 

No description available.

लगातार दुई वर्ष कोरोना महामारीका कारण औपचारिकतामा सीमित बनेको जात्रा यसपटक पूर्ण विधिकासाथ मनाइन लागेको हो । 

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ७ : ५६ बजे

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा