दार्चुलामा चट्याङ लागेर २ सय ५० भेडाबाख्रा मरे « Khabarhub

दार्चुलामा चट्याङ लागेर २ सय ५० भेडाबाख्रा मरे


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला- दार्चुलाको दुँहु गाउँपालिकामा चट्याङले बाख्रा पालक कृषकहरूको ठूलो क्षति भएको छ । मंगलबार बेलुकी परेको चट्याङले दुँहु गाउँपालिका वडा नम्बर ५ को काङर बनक्षेत्रमा चरिचरनका लागि लगिएका भेडाबाख्रा सोतर भएका हुन् । 

दुँहु गाउँपालिकाका स्थानीय जमन सिंह कार्की, जमन सिंह बडाल, दीपक सिंह बडाल र जयलाल बडाल गरी चार जना स्थानीयका २ सय ५० जति भेडाबाख्रा मरेको भेडा पालक किसान कार्कीले बताए ।  

भेडा बाख्रा मरेको खबर प्रहरी चौकी ब्रहमदेवमा गरेपछि घटनामा भएको क्षति जाँचबुझ गर्न प्रहरीको टोली आज बिहान १० बजेतिर घटनास्थल तिर गएको छ । चट्याङ परेको वनक्षेत्र दुँहु पालिकाको केन्द्र हिकिलाबाट झण्डै ८ किलोमिटरको दूरीमा पर्छ । चट्याङले एकैपटक यति ठूलो क्षति भएपछि बाख्रापालक किसान चिन्तित बनेका छन् । 

‘सबै काम थाती राखेर बाख्रामा लगानी गरियो । तर, आज यति ठूलो क्षति भयो । अब के गर्ने ? कहाँ जाने ? सम्झिँदा पनि मन भक्कानिन्छ ?,’ अर्का बाख्रापालक किसान जमन बडालले भने ।

घटनाको जानकारी दुँहु गाउँपालिका कृषि शाखा र गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीलाई गराएको र क्षतिको अध्ययन गरी बाख्रापालन व्यवसाय सञ्चालन गर्न सो अनुसारको क्षतिपूर्ति सहयोग रकम उपलब्ध गराइदिन अनुरोध गरिएको पीडित किसान कार्कीले बताएका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ८ : ३५ बजे

झापामा भदौ महिनामा २५ विपद्का घटना, उन्नाइस लाख बढीको क्षति

झापा– झापामा भदौ महिनामा २५ विपद्का घटना हुँदा १९ लाख

फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट

गण्डकी– आगामी बुधबारदेखि फ्लाई दुबईले सुरु गर्ने दुबई–पोखरा–दुबई सीधा हवाई

अकस्मात् बदलियो प्रतिनिधि सभाको कार्यसूची

काठमाडौँ – प्रतिनिधि सभाको बैठकको निर्धारित कार्यसूची आकस्मिक रूपमा परिवर्तन

कर्णाली करिडोर : छारेभीरको पहिरो पन्छाउन सकस

हुम्ला– कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभीरमा पहिरोसँगै ढुङ्गा