ग्यारेजमै थन्किए यूरो–४ मापदण्डका साझाका २० गाडी | Khabarhub Khabarhub

ग्यारेजमै थन्किए यूरो–४ मापदण्डका साझाका २० गाडी


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कार्यालय समयमा मात्र होइन कतिपय दिन बिहान, दिउँसो र बेलुका पनि सार्वजनिक यातायातमा यात्रुलाई सिट पाउन मुस्किल पर्छ । सवारी चढ्नकै लागि लामो समयसम्म लाइन बस्नुपर्ने बाध्यता धेरैका छन् ।

यही समस्या समाधानार्थ महानगरले यात्रु र बस सञ्चालक दुबैका लागि विभिन्न नियमहरु बनाएको छ । कहाँ चढ्ने ?, कहाँ रोक्ने ? कति सिट कुन यात्रुलाई ? लगायत छन् । यति हुँदा हुँदै पनि यात्रु झुण्डिएर यात्रा गर्नुपर्ने बाध्य हटेको छैन ।

यात्रुको चापलाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले २० वटा साझा यातायात थपेपनि सञ्चालनमा आउन सकेका छैनन् । ५ करोड लगानी गरेर सो बसहरु डेढ महिना अघि काठमाडौं ल्याइएका हुन् । महानगरले जेठको अन्तिम साताबाट साझा यातायात सडकमा गुडाउने तयारी गरेको भएपनि रुट तय नहुँदा कार्यलयमै थन्क्याइएका छन् ।

कुन रुटमा सञ्चालन गर्ने भन्ने कुरा निष्कर्षमा नपुग्दा सञ्चालनमा ढिलाई भएको साझा यातायातका सिइओ महेन्द्रराज पाण्डेले जानकारी दिए ।
‘बसको प्राविधिक परीक्षण भइरहेको र केही नयाँ रुट दर्ता गर्ने कार्य भइरहेको छ ।’ सीइओ पाण्डेले भने ‘सम्भवतः असारको पहिलो साताबाट २० वटै बस सञ्चालनमा आउनेछन् ।’

कार्यलयमा यस अघि साझा यातायात ५१ वटा थिए । महानगरले २० वटा बस थपेसँगै ७१ वटा पुगेका छन् । हाल साझाका ६ वटा बसले राजधानी बाहिर सेवा दिइरहेका छन् । साथै बाँकी बसले भने उपत्यकाका तीनै जिल्लामा सुविधा दिइरहेका छन् ।

सञ्चालनमा रहेका ५१ वटा साझा यातायात बस उपत्यकाका विभिन्न स्थानमा पुग्ने गरेको बताउँदै पाण्डे भन्छन्, ‘सूर्यविनायक—स्वयम्भू, पनौती—रत्नपार्क, धुलिखेल—रत्नपार्क, लगनखेल—नयाँ बसपार्क र लगनखेल—बुढानिलकण्ठ रुटमा पर्ने यात्रुलाई यी बसहरुले सेवा दिइरहेका छन् ।’

कस्ता बस आइपुगे ?

साझाले यसअघि सञ्चालन गरेका ५१ वटा बसहरु ‘युरो–३’ मापदण्डका रहेका थिए । तर अहिले आएका २० बस भने ‘युरो–४’ मापदण्डको रहेको पाण्डेले बताए ।

‘युरो–४ मापदण्डका यी गाडी ४० भन्दा धेरै सिट क्षमता छन्’ खबरहबसँगको कुराकानीमा उनले भने ‘पहिलेको भन्दा साइज छोटो देखिन्छ, तर क्षमता उस्तै हो’ । अपांगमैत्री यी बसमा अहिलेको जस्तै एलइडी टिभी, सिसी क्यामेरा, उभिएका यात्रुलाई समात्न मिल्ने ह्याङगर लगायतका सुविधा रहेका छन् ।

महानगर क्षेत्रभित्र सञ्चालन भइरहेका सवारी साधनमध्ये टिकट लागू गर्ने पहिलो यातायात साझाले गाडी चढ्दा यात्रुलाई अनिवार्य टिकट लिनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ४ : ०४ बजे

सुजुकी मोटर कम्पनीका संस्थापकको निधन

टोकियो– सुजुकी मोटर कर्पोरेशनका संस्थापक तथा पूर्व अध्यक्ष ओसामु सुजुकीको

सम्पदाको बजारीकरण गरेर रोजगारी सिर्जना गर्न सकिन्छ : उपप्रधानमन्त्री सिंह

भक्तपुर– उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्पदाहरुको बजारीकरण गर्न

चार पहिचानवादीबीच संयुक्त मोर्चा गठन

सुनसरी– निकट भविष्यमा राजनीतिक दल निर्माण गर्ने उद्देश्यले शुक्रबार धरानमा

जनकपुरधाममा जनकपुर बोल्ट्सको विजयोत्सव (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेका जनकपुर बोल्ट्स टिमले

ट्रम्प ह्वाइट हाउसमा फर्कनुअघि अन्तर्राष्ट्रिय विद्यार्थीलाई चाँडै फर्कन विश्वविद्यालयको आग्रह

वासिङ्टन– अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्कने तयारीमा