आईपीएलः बैंगलोरसँग चेन्नई पराजित, दिल्ली र हैदरावादको खेल आज « Khabarhub

आईपीएलः बैंगलोरसँग चेन्नई पराजित, दिल्ली र हैदरावादको खेल आज


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैङ्लोर विजयी भएको छ। गएराति पुणेमा भएको खेलमा बैङ्लोरले चेन्नई सुपर किङ्सलाई १३ रनले पराजित गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको बैङ्लोरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७३ रन बनाएको थियो। १ सय ७४ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा १६० रन मात्र बनाउनसक्यो।

जितसँगै लिगमा १२ अंक जोडर बैङ्लोर चौथो स्थानमा उक्लिएको छ। उसले जारी आईपीएलमा अहिलेसम्म ११ खेलमा ६ मा जित र ५ मा हारको सामना गरेको छ। १० खेलमा ३ मा जित र ७ हार खाएको चेन्नई ६ अङ्कका साथ तालिकाको नवौं स्थानमा छ।

आईपीएल अन्तर्गत बिहीबार दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद खेल्नेछन्। ९ खेलमा ४ मा जित र ५ मा हार ब्यहोरेको दिल्ली ८ अङ्कसहित तालिकाको सातौं स्थानमा छ। ९ खेलमा ५ मा जित र ४ खेलमा पराजित भएको हैदरावाद १० अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ६ : १५ बजे

एमाले महाधिवेशन : नेतालाई काँधमा बोक्दै भोट माग्दै (तस्बिरहरू)

काठमाडौं-  नेकपा एमालेको महाधिवेशन स्थल भृकुटीमा रौनक चलिरहेको छ ।

ट्रम्पपछि इयुको नयाँ यथार्थ

एजेन्सी– सन् २०२५ युरोपका लागि नयाँ र जटिल यथार्थ लिएर

एमाले महाधिवेशनमा नौमती बाजा

काठमाडौं– नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डपमा महिला समूहको टोलीले नौमती बाजा

देउवा भेट्न पुगे शेखर, के भयो कुराकानी ?

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र सभापति शेरबहादुर

गोदरेजको ४ वर्षे व्यापक वारेन्टी : गोदरेजसँग मात्र

काठमाडौं – गोदरेज अप्लायन्सेसले नेपाली बजारमा आफ्ना प्रिमियम फ्रन्ट-लोड वाशिङ