आईपीएलः बैंगलोरसँग चेन्नई पराजित, दिल्ली र हैदरावादको खेल आज « Khabarhub

आईपीएलः बैंगलोरसँग चेन्नई पराजित, दिल्ली र हैदरावादको खेल आज


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैङ्लोर विजयी भएको छ। गएराति पुणेमा भएको खेलमा बैङ्लोरले चेन्नई सुपर किङ्सलाई १३ रनले पराजित गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको बैङ्लोरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७३ रन बनाएको थियो। १ सय ७४ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा १६० रन मात्र बनाउनसक्यो।

जितसँगै लिगमा १२ अंक जोडर बैङ्लोर चौथो स्थानमा उक्लिएको छ। उसले जारी आईपीएलमा अहिलेसम्म ११ खेलमा ६ मा जित र ५ मा हारको सामना गरेको छ। १० खेलमा ३ मा जित र ७ हार खाएको चेन्नई ६ अङ्कका साथ तालिकाको नवौं स्थानमा छ।

आईपीएल अन्तर्गत बिहीबार दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद खेल्नेछन्। ९ खेलमा ४ मा जित र ५ मा हार ब्यहोरेको दिल्ली ८ अङ्कसहित तालिकाको सातौं स्थानमा छ। ९ खेलमा ५ मा जित र ४ खेलमा पराजित भएको हैदरावाद १० अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ६ : १५ बजे

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका