ओटीटीमा  ‘आरआरआर’ को रिलिज तय  « Khabarhub

ओटीटीमा  ‘आरआरआर’ को रिलिज तय 


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बक्स अफिसमा नयाँ नयाँ रेकर्ड बनाउन सफल फिल्म ‘आरआरआर’ ओटीटीमा रिलिज हुने भएको छ । 

एसएस राजामौली निर्देशित फिल्मले विश्वभरबाट एघार सय करोड भन्दा बढीको कमाइ गरिसकेको छ । फिल्म अझै पनि केही स्थानमा प्रदर्शनरत छ । यद्यपि अब फिल्म ओटीटीमा समय आउने भएको छ । स्टोरी, फायर र वाटरको थिममा देखाइएको तीन ‘आरआरआर’ ले पहिलो दिनमा नै २ सय २३ करोड कमाइ गरेर रेकर्ड बनाएको फिल्मलाई दर्शकले नेटफ्लिक्स र जी फाइभमा हेर्न पाउनेछन् । फिल्मलाई हिन्दी भाषामा नेटफ्लिक्स र तामिल, तेलुगु, कन्नडा र मलयालम भाषाको भने जी फाइभमा हेर्न पाइने छ । हिन्दी बाहेकका अन्य भाषामा रहेको फिल्म यही महिना मेकै २० तारिखमा उपलब्ध हुनेछ । 

दर्शकमा फिल्म प्रति रहेको क्रेजलाई कायमै गर्न ‘आरआरआर’ लाई ओटीटीमा ल्याउन लागिएको निर्माण पक्षले बताएका छन् । ‘बाहुबली’ को सिरिजबाट राम्रै चर्चा कमाएका निर्देशक एसएस राजामौलीको नयाँ फिल्म  ‘आरआरआर’ प्रतीक्षित थियो । बाहुबलीको सिरिजपछि निर्देशक राजामौलीबाट दर्शकले ‘नेक्स्ट लेभल’ को फिल्म अपेक्षा गरे । यो स्वाभाविक पनि हो ।

बाहुबलीको ह्याङ मेटाउन निर्देशक सफल भएकै कारण दर्शकले फिल्मलाई मन पराएका छन् । फिल्ममा निर्देशक राजामौली त छन् नै साथमा साउथ इन्डियन फिल्मका दुई स्टार जुनिएर एन्टीआर र राम चरण पनि भएकाले पछिल्लो समय साउथमा एउटा हिरोलाई नै लिएर विशाल फिल्म बनाएको पाइन्छ । फिल्मले सन् १९२० को पृष्ठभूमिमा ब्रिटिसविरुद्ध लड्ने क्रान्तिकारीको कथा प्रस्तुत गर्छ । 

ब्रिटिसले एउटा गाउँ कब्जा गरेपछि गाउँले विद्रोही र ब्रिटिस राजमा सिपाही कसरी एक अर्काको साथी बन्छन् र ब्रिटिसविरुद्ध लड्छन् भन्ने फिल्मको मुख्य कथा हो ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  १२ : ३६ बजे

अष्ट्रेलियामा इन्धन आयातमा सरकारी ग्यारेन्टी दिने घोषणा

एजेन्सी– मध्यपूर्वमा भइरहेको सङ्घर्षका कारण प्रभावित आवश्यक वस्तुहरूको आपूर्ति सुनिश्चित

गृहमन्त्रीले भने : भीआईपीका नाममा सडकमा नागरिकलाई सास्ती नदिनू

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले नागरिकलाई सास्ती हुनेगरी मन्त्रीहरूकाे सवारीलाई विशेष

एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल पक्राउ

काठमाडौं – नेकपा एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ

पूर्वराष्ट्रपतिले भनिन्- ओली र लेखकलाई पक्राउ गर्नु बालेन्द्रको अपरिपक्व कदम, प्रतिवेदन कार्यान्वयनमा पुनर्विचार गर्नू

काठमाडौं– विद्यादेवी भण्डारी ले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको

अनेरास्ववियुद्वारा भृकुटीमण्डपमा टायर बालेर प्रदर्शन

काठमाडौं– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भृकुटीमण्डपमा टायर बालेर