एक राउण्ड गोली र सालकको खपटासहित तीन जना पक्राउ  « Khabarhub

एक राउण्ड गोली र सालकको खपटासहित तीन जना पक्राउ 


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिका–१२ टेकुबाट पेस्तोलमा प्रयोग हुने १ राउण्ड गोली र ९५ ग्राम सालकको खपटासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने धनकुटा पाख्रिबास नगरपालिका–८ घर भएका ५७ वर्षीय मण्डल गिरी रहेका छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । 

विशेष सूचनाको आधारमा प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले कोठा जाँच गर्ने क्रममा लुकाई राखेको अवस्थामा उक्त गोली र वस्तुसहित उनलाई पक्राउ गरेको हो । 

यसैगरी काठमाडौँ महानगरपालिका–३१ शान्तिनगरस्थित युनिभर्सल लन्च एण्ड बार होटलबाट करिब ४ किलो ५ सय ग्राम सालकको खपटासहित दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा काठमाडौँ चाबहिल बस्ने सर्लाही बाग्मती नगरपालिका–३ घर भएका ३२ वर्षीय सुबिलाल सिङ्तान र काठमाडौँ थली बस्ने ओखलढुङ्गा सुनकोशी गाउँपालिका–२ घर भएका २१ वर्षीय सुवास बिष्ट रहेका छन् । 

प्रहरी वृत्त नयाँ बाँनेश्वरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त खपटा सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  १२ : ४१ बजे

काठमाडौं ८ : विराजको सानदार मत आउँदा २१ जनाको जमाना जफत

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका

काठमाडौं–७ मा रास्वपाका गणेश पराजुली विजयी

काठमाडौं – काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा प्रतिनिधिसभा निर्वाचनको

काठमाडौं–१० मा फराकिलो मतान्तरसहित प्रदीप विष्ट विजयी

काठमाडौं – काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा राष्ट्रिय स्वतन्त्र

गोरखा–२ मा हस्ताक्षर नभएका मतपत्र भेटिएपछि विवाद, रोकियो मतगणना

काठमाडौं – गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना रोकिएको

मनाङको थप पर्यटन र पूर्वाधार विकासमा मेरो प्राथमिकता रहन्छ : नवनिर्वाचित सांसद गुरुङ

मनाङ – नवनिर्वाचित प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङ मनाङको समग्र उन्नयनमा