विभिन्न मुद्दाका फरार तीन जना प्रतिवादी पक्राउ « Khabarhub

विभिन्न मुद्दाका फरार तीन जना प्रतिवादी पक्राउ


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अवैध लागूऔषध गाँजा मुद्दाका फरार प्रतिवादी धनकुटा साँघुरीगढी गाउँपालिका–८ बस्ने ३९ वर्षीय झगेन्द्र राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

मोरङको विराटनगर महानगरपालिका–१८ स्थित ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीले गत चैत ३० गते राति को.१ च ५३१८ नम्बरको पिकअप गाडीबाट १ सय २० केजी गाँजा बरामद गरेको घटनामा उनी फरार रहेका थिए ।

गाडीका चालक राईलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले सुनसरी धरानबाट पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत मोरङबाट लागूऔषध कसूरमा ५ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

झुटा बिबरण पेश गरी नागरिकता लिन खोजेको मुद्दाका फरार प्रतिवादी बिर्तामोड नगरपालिका–५ ठेगाना भएका ४१ वर्षीय शुसान्त चौधरी भन्ने शुसान्त कर्मकारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

सर्बोच्च अदालतले २०६९ असोज १६ गते उनलाई ३ वर्ष कैद सजाय ठहर गरेको थियो । त्यसपछि उनी फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी डाँका मुद्दाका फरार प्रतिवादी बुद्दशान्ति गाउँपालिका–७ ठेगाना भएका ३३ वर्षीय अञ्जु तामाङ भन्ने अजय तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत झापाले २०६८ माघ १५ गते डाँका मुद्दामा उनलाई ६ वर्ष कैद र ३ हजार रूपैयाँ जरिवाना सजाय सुनाएको थियो । त्यसपछि उनी फरार रहेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  १२ : ५४ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

विशेष महाधिवेशनको बीचमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौं – नेपाली कांग्रेस संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त

बंगलादेशले भारतमै टी-२० विश्वकप खेल्नुपर्ने, आईसीसीले गर्‍यो नयाँ प्रस्ताव अस्वीकार

ढाका- अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले बंगलादेश क्रिकेट बोर्डले माग गरेको टी-२०

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार