माहौल गठबन्धनकै पक्षमा छ : माधवकुमार नेपाल | Khabarhub Khabarhub

माहौल गठबन्धनकै पक्षमा छ : माधवकुमार नेपाल


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको पक्षमा राम्रो माहौल बनेको बताएका छन् ।

सत्ता पक्षीय गठबन्धनले आज यहाँ आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न आएका अध्यक्ष नेपालले गठबन्धनले धेरै स्थानमा निर्वाचन जित्ने दाबी गरे।

सबै स्थानमा गठबन्धन भए राम्रो हुन्थ्यो भन्ने प्रतिक्रिया जनताबाट आएको भन्दै नेपालले गठबन्धनलाई निर्वाचन जिताउने अभियानमा लाग्न सबैलाई आग्रह गरे । चुनावको माहौल अनुकूल बनाउने भन्दै उनले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन जनता आतुर रहेको बताए ।

भरतपुर महानगरपालिकामा बागी उम्मेदवारी रहेको सन्दर्भमा फिर्ता गराउने कोसिस भइरहेको अध्यक्ष नेपालले सुनाए । राजनीतिक मान्छेले राजनीतिक रूपमा सोच्छ भन्दै उनले आफूलाई केन्द्र विन्दुमा राख्दैन, सिङ्गो पार्टीलाई केन्द्रमा राख्छ भने ।

‘हामीले नेपालको राजनीतिक परिवर्तनमा सबै पार्टीबीचमा सहकार्य गर्दै आएका छौँ, सहकार्यबाटै सफलता मिल्छ’ अध्यक्ष नेपालले भने, ‘गठबन्धनका दलका नेताले स्वतन्त्र उम्मेदवारी फिर्ता लिनुपर्छ र गठबन्धनको उम्मेदवारको समर्थनमा लाग्नु पर्छ ।’

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  १ : ०२ बजे

बाँकेका भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा  

बाँके– भूमि समस्या समाधान आयोगले बाँकेमा भूमिहीनहरूलाई धमाधम जग्गाधनी प्रमाणपुर्जा

मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा शनिबार सम्पन्न राष्ट्रियस्तरको खुला

सवारी दुर्घटनामा सशस्त्र प्रहरी नायब निरीक्षक राजवंशीको मृत्यु

झापा– झापाको कमल गाउँपालिकामा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको

म्याग्दीको डाडागाउँ स्वास्थ्य एकाइको नयाँ भवनबाट सेवा सञ्चालन

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका– ३ डाडागाउँमा स्वास्थ्य एकाइ स्थापना भएको

फ्रेन्च ओपन महिला टेनिसको उपाधि अमेरिकाकी गौफलाई  

काठमाडौं– फ्रेन्च ओपन महिला टेनिसको उपाधि अमेरिकाकी २१ वर्षीया को