बढ्यो केजीएफ निर्देशकको पारिश्रमिक  « Khabarhub

बढ्यो केजीएफ निर्देशकको पारिश्रमिक 


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कन्नडा फिल्मनगरीलाई नै चिनाउने फिल्म बन्यो ‘केजीएफ’ । 

फिल्मका हिरो यश मात्र स्टार बनेनन् निर्देशक प्रशान्त नीलको पनि उत्तिकै चर्चा छ । यद्यपि प्रशान्तको चर्चा भने केजीएफको सिक्वेल प्रदर्शनमा आएपछि बढेको हो । केजीएफको सफलता पश्चात बढेको हाइपलाई बक्सअफिसमा परिणत गर्न निर्देशक प्रशान्त सफल रहेपछि उनलाई फिल्मको अफर दिनेहरू बढेका छन् । 

केजीएफले बढाएको हाइपलाई सिक्वेलले झनै बढाएको छ । निर्देशक प्रशान्तले फिल्मलाई दर्शकको अपेक्षा अनुसार नै बढाउन सफल भएका छन् । यसैले गर्दा पनि प्रशान्तको फिल्म प्रतीक्षित बनिरहेका छन् । उनको नेक्स्ट फिल्म ‘सलार’ को हाइप झनै बढ्दो छ । ‘केजीएफ : च्याप्टर २’ को सफलता पश्चात निर्देशक प्रशान्तले आफ्नो पारिश्रमिक समेत बढाएका छन् । 

भारतीय मिडियाका अनुसार प्रशान्तले आउँदो दुई फिल्म निर्देशनको लागि ५० र ५० करोडको पारिश्रमिक लिएका छन् । केजीएफ : च्याप्टर २ मा मुनाफाको हिस्सेदार बनेका प्रशान्तले जुनिएर एन्टीआरसँग बन्ने फिल्मका लागि ५० करोड पारिश्रमिकमा डिल डन गरेका छन् । यसका साथै उनले अन्य एक ब्यानरको लागि बन्ने फिल्ममा पनि सोही बारबारको रकम लिएका छन् । यसका साथै प्रशान्तले केजीएफ : च्याप्टर ३ समेत निर्देशन गर्दैछन् । 

उनको निर्देशनमा बनेको फिल्मलाई वितरकले राम्रो रकम दिने, प्रदर्शकले प्राथमिकता दिने, ओटीटीले महँगोमा खरिद गर्ने, स्टार कलाकारहरूले फिल्मलाई ओके गर्ने भएकाले पनि पारिश्रमिक बढेको चर्चा भारतीय मिडियामा छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  २ : १८ बजे

निर्धारित समयमा हुन सकेन चेसको राष्ट्रिय च्याम्पियनसिप छनोट

काठमाडौँ – नेपाल बुद्धिचाल महासङ्घको आन्तरिक विवादको असर झापामा ११

रामायण सर्किट बन्न सक्छ नेपाल-भारत सम्बन्धको सेतु

नेपाल–भारत मैत्री सम्बन्धका कतिपय अपरिहार्य तत्त्वमध्ये सांस्कृतिक समानतालाई प्रमुख घटकका

लुम्बिनी प्रदेशसभा बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत सातौँ बैठक आजदेखि आगामी आर्थिक

कानुनी झमेलामा पर्दै युवा कमेडियन

काठमाडौँ- नेपालमा कमेडी विधा बाउन्स ब्याक भएको अवस्थामा छ ।

हावाहुरीले घर भत्किँदा एक महिलाको मृत्यु

रौतहट– रौतहटमा सोमबार साँझ आएको हावहुरीले घर भत्किएर थिच्दा एक