बढ्यो केजीएफ निर्देशकको पारिश्रमिक  « Khabarhub

बढ्यो केजीएफ निर्देशकको पारिश्रमिक 


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कन्नडा फिल्मनगरीलाई नै चिनाउने फिल्म बन्यो ‘केजीएफ’ । 

फिल्मका हिरो यश मात्र स्टार बनेनन् निर्देशक प्रशान्त नीलको पनि उत्तिकै चर्चा छ । यद्यपि प्रशान्तको चर्चा भने केजीएफको सिक्वेल प्रदर्शनमा आएपछि बढेको हो । केजीएफको सफलता पश्चात बढेको हाइपलाई बक्सअफिसमा परिणत गर्न निर्देशक प्रशान्त सफल रहेपछि उनलाई फिल्मको अफर दिनेहरू बढेका छन् । 

केजीएफले बढाएको हाइपलाई सिक्वेलले झनै बढाएको छ । निर्देशक प्रशान्तले फिल्मलाई दर्शकको अपेक्षा अनुसार नै बढाउन सफल भएका छन् । यसैले गर्दा पनि प्रशान्तको फिल्म प्रतीक्षित बनिरहेका छन् । उनको नेक्स्ट फिल्म ‘सलार’ को हाइप झनै बढ्दो छ । ‘केजीएफ : च्याप्टर २’ को सफलता पश्चात निर्देशक प्रशान्तले आफ्नो पारिश्रमिक समेत बढाएका छन् । 

भारतीय मिडियाका अनुसार प्रशान्तले आउँदो दुई फिल्म निर्देशनको लागि ५० र ५० करोडको पारिश्रमिक लिएका छन् । केजीएफ : च्याप्टर २ मा मुनाफाको हिस्सेदार बनेका प्रशान्तले जुनिएर एन्टीआरसँग बन्ने फिल्मका लागि ५० करोड पारिश्रमिकमा डिल डन गरेका छन् । यसका साथै उनले अन्य एक ब्यानरको लागि बन्ने फिल्ममा पनि सोही बारबारको रकम लिएका छन् । यसका साथै प्रशान्तले केजीएफ : च्याप्टर ३ समेत निर्देशन गर्दैछन् । 

उनको निर्देशनमा बनेको फिल्मलाई वितरकले राम्रो रकम दिने, प्रदर्शकले प्राथमिकता दिने, ओटीटीले महँगोमा खरिद गर्ने, स्टार कलाकारहरूले फिल्मलाई ओके गर्ने भएकाले पनि पारिश्रमिक बढेको चर्चा भारतीय मिडियामा छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  २ : १८ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को