७ वर्षको खोजी पछि पक्राउ परेका ‘विश्वकै खतरनाक तस्कर’ अमेरिका सुपुर्दगी « Khabarhub

७ वर्षको खोजी पछि पक्राउ परेका ‘विश्वकै खतरनाक तस्कर’ अमेरिका सुपुर्दगी


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ल्याटिन अमेरिकी मुलुक कोलम्बियाले कुख्यात लागूऔषध तस्करलाई अमेरिका सुपुर्दगी गरेको छ । कोलम्बियाका राष्ट्रपति इभान डुकेले कुख्यात लागूऔषध तस्कर ओटोनियल भनिने डारियो एन्टोनियो उसुगालाई अमेरिका सुपुर्दगी गरिएको पुष्टि गरेका हुन् ।

सुपुर्दगीबारे घोषणा गर्दै राष्ट्रपति डुकेले ओटोनियल ‘विश्वकै सबैभन्दा खतरनाक तस्कर’ रहेको समेत टिप्पणी गरे । बीबीसीले जनाएअनुसार उनी कुख्यात लागूऔषध गिरोह गल्फ क्लान कार्टेलका नाइके समेत हुन् ।

कोलम्बियाका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार यस गिरोहले हरेक वर्ष १८० देखि २०० टन कोकेन तस्करी गर्दै आएको छ । लागूऔषध तस्करीको अभियोगमा उनीमाथि अमेरिकाले पनि पक्राउ पुर्जी जारी गरेको छ ।

७ वर्षको खोजीपछि उनी गत वर्षको अक्टोबर महिनामा पक्राउ परेका थिए । गत महिना त्यहाँको सर्वोच्च अदालतले उनको अमेरिका सुपुर्दगीलाई मन्जुरी दिएको थियो ।

सुपुर्दगी घोषणा गर्दै राष्ट्रपति डुकेले उनलाई अर्का कुख्यात लागूऔषध तस्कर पाब्लो इस्कोबरसँग तुलना गरे । ‘यो सुपुर्दगीले कोही पनि कोलम्बिया भन्दा माथि छैन भन्ने देखाउँछ ।’ राष्ट्रपति डुकेलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

पक्राउअघि उनी कोलम्बियाको ‘मोस्ट वाण्टेड’ थिए । उनीमाथि कोलम्बियाले ८ लाख अमेरिकी डलर र अमेरिकाले ५० लाख डलर इनाम समेत घोषणा गरेका थिए ।

उनको गल्फ क्लान कार्टेल गिरोहमा १८ सय सशस्त्र सदस्य रहेको बीबीसीले जनाएको छ । यस गिरोहले कोलम्बिया र अमेरिकाबाहेक अर्जेन्टिना, ब्राजिल, होण्डुरस, पेरु, स्पेन र रुससम्म आफ्ना गतिविधि गर्दै आएको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ३ : ४५ बजे

संसदीय समितिमा यातायातको चर्चा : चालक अभावदेखि भारतीय गाडीले पूर्वाधार बिगारेकोसम्म

काठमाडौं- प्रतिनिधि सभाका १० विषयगत समितिमध्ये मंगलबार पूर्वाधार विकास समितिको

मुस्ताङका होटल-पसलमा अनुगमन

मुस्ताङ– जिल्ला सदरमुकाम जोमसोमका होटल तथा पसलमा छड्के बजार अनुगमन

नेपालका दुई निजी स्वास्थ्य संस्था बङ्गलादेशमा सम्मानित

काठमाडौं– नेपालका निजी क्षेत्रका दुई स्वास्थ्य संस्थाले बङ्गलादेशमा आयोजित अन्तर्राष्ट्रिय