आईजीपी नियुक्त मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार  | Khabarhub Khabarhub

आईजीपी नियुक्त मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार 


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अन्तरिम आदेशको माग गर्दै दायर गरिएको रिट निवेदनमा सर्वोच्चले अस्वीकार गर्दै १७ जेठमा पूर्ण सुनुवाइका लागि पेश गर्न आदेश दिएको हो । 

न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले यस्तो आदेश दिएको हो । सर्वोच्चको यो आदेशसँगै नवनियुक्त आईजीपीलाई काम गर्ने बाटो खुलेको छ । सरकारले धिरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेको थियो । त्यसको विरुद्धमा एआईजीपी विश्वराज पोखरेलले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । 

गत आइतबार मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपी बनाउने निर्णय गरेको थियो । त्यसविरुद्ध एआईजी पोखरेल सर्वोच्च पुगेका थिए । हिजो र आज गरी दुई दिन बहस चलेको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ४ : ३४ बजे

चन्द्र ढकाल लेख्छन्‌ – गहभरी आँशु पारेर टोलाइरहन मन लाग्छ, तर छुट छैन

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआइ) का अध्यक्ष चन्द्रप्रसाद

बुटवलको विद्यालयले भाटभटेनीमा चोरी गर्ने शिक्षकलाई हटायो

काठमाडौं- रुपन्देहीको बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले भाटभटेनी सुपरमार्केटमा चोरी

खोलामा नुहाउन गएकी बालिकाको डुबेर मृत्यु

चन्द्रपुर– रौतहटको लालबकैया खोलामा नुहाउन गएकी एक बालिकाको डुबेर मृत्यु

आगजनीबाट जोगिएका सामग्रीबाटै तयार हुँदैछ प्रधानमन्त्रीको कार्यकक्ष

काठमाडौं– जेन-जी प्रदर्शनका क्रममा मुख्य निशानामा परेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा

दसैँअघि चितवनको इच्छाकामना गाउँपालिका कार्यालय सञ्चालनमा नआउने

मुग्लिन– जेनजीका नाममा भएको प्रदर्शनमा भदौ २४ गते भएको आगजनी