सुनौलो कछुवासहित एक युवक पक्राउ « Khabarhub

सुनौलो कछुवासहित एक युवक पक्राउ


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको चावहिलबाट सुनौलो रंगको कछुवासहित प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका वडा नं ८ घर भई हाल शंखरापुर साखु बसोबास गर्ने २३ वर्षीय आशिष थापा घर्ती रहेका छन् ।

प्रहरीले चावहिलस्थित खोटाङ हलेसी गेष्ट हाउसको चौथो तलाबाट थापाको साथबाट कालो झोला भित्र राखेको एउटा सुनौलो रंगको कछुवा बरामद गरेको हो ।

सुनौलो कछुवा बेच्न २० लाखमा कारोबार हुँदै छ भन्ने गोप्य सूचनाको आधारमा खोजतलास गर्ने क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको टोलीले फेला पारी थप अनुसन्धान र आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय हात्तीसारमा पठाइएको छ। 

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ७ : ०४ बजे

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा