साउदीमा ४८ नेपाली युवा अलपत्र, ७ जना जेलमा « Khabarhub

साउदीमा ४८ नेपाली युवा अलपत्र, ७ जना जेलमा

दूतावास मुखदर्शक, सरकार बेखबर



दोहा – आकर्षक रोजगारीको प्रलोभनमा साउदी अरब पुगेका ५५ जना नेपाली युवा अलपत्र परेका छन् । उनीहरू करिब ७ महिनाअघि त्यहाँ पुगेका थिए ।

काठमाडौँमा रहेको टोकियो ओभरसीज, वर्कफोर्स सर्भिसेज र डि प्रोटोन म्यानपावर प्रालिमार्फत साउदीको अलमराजमा रहेको डेलिभरी टाइम कम्पनीमा पोल्टी फर्मको काममा पठाइएका उनीहरुलाई कम्पनीले दुई महिना १० दिनको तलब नदिएपछि अलपत्र परेका हुन्।

यी तीन म्यानपावरलाई प्रतिव्यक्ति १ लाख ८० हजारदेखि २ लाखसम्म बुझाएर साउदी पुगेका उनीहरूलाई एजेन्ट तथा म्यानपावरले कम्पनी भनेर पठाए पनि ७ महिनामा कम्पनीले ४ वटा ठाउँ फेरिसकेको सुनसरीका महमद राम्जान मियाले जानकारी दिए ।

‘हामी यहाँ आएको सात महिना भइसक्यो जसोतसो काम गर्दै थियौ, काम पनि म्यानपावरले भने जस्तै थियो, रमदानको छुट्टीमा हामी कोठामै बसेका थियौ,’ मियाले खबरहबसँग भने, ‘अर्को ठाउँमा काम लगाउने भन्दै यही कम्पनीमा काम गर्ने नेपाली गणेश कार्कीले लिएर गएका ७ जनालाई कम्पनी आफैले जेल हाल्यो।’

साथीहरुलाई कम्पनीले बिना कारण जेल हालेपछि करिब एक हप्तादेखि काम बन्द गरेका आफूहरुसँग कम्पनी छलफलमासमेत नआएको महोत्तरीका दिपेन्द्र झाले गुनासो गरे। पछिल्लो समय आफूहरुको फोन समेत नउठाएको भन्दै उनीहरूले पठाउने म्यानपावरलाई कारबाही गर्न र आफूहरूलाई सकुशल नेपाल फिर्ता गर्ने वातावरण मिलाइदिन नेपालस्थित श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग लगायत विभिन्न मानवअधिकारवादी सङ्घसंस्थालाई अपिल गरेका छन्।

‘हामी नेपालबाट चर्को ब्याजदर ऋण काढेर आएका हौ, हाम्रो नेपालमा परिवार छन्’, पर्वतका भक्तबहादुर दमाईले भने, ‘नेपालमा परिवारलाई के पठाउने? म्यानपावर तथा एजेन्टलाई सम्पर्क गर्दा उल्टै धम्क्याउने गर्छ, अब हामी यहाँ सुरक्षित छैनौ, हामीलाई चाँडो उद्धार गर्नुहोस् ।’

दूतावास फोन गर्दा समस्या सुन्छ, समाधान गर्दैन

रियादस्थित नेपाली दूतावासलाई पटक–पटक आफूहरु समस्यामा परेको भन्दै उद्धारको अपिल गरे पनि कुनै पहल नभएको उनीहरुको गुनासो छ। दूतावासमा ४ पटक फोन गर्दा हुन्छ, हुन्छ। हामी हेर्छौ भनेको भए पनि अहिलेसम्म कुनै पहल नभएको उनीहरूले बताएका छन् । समस्यामा परेका नेपालीलाई सहयोग गर्न खोलिएको दूतावास नाम मात्रको भएको उनीहरूले आरोप छ। अबको दुई- तीन दिनमा खाना खाने पैसा समेत नपुग्ने उनीहरुको चिन्ता छ ।

झगडा गर्ने ७ जनालाई जेल हालेको हो : म्यानपावर 

टोकियो ओभरसीजका चेयरमेन सुरेन गौतमले भने झगडा गर्ने ७ जना जेल गएको बताए । ‘७ जना जेल गएपछि अरुले काम बन्द गरेछन्, उनले भने, ‘हामीले काम बन्द नगर्न कम्पनीलाई आग्रह गर्‍यौ तर उनीहरू निरन्तर काममा नगएपछि कम्पनीले नयाँ मान्छे हालेर उनीहरुलाई कामबाट निकालेछ।’ अझै पनि समस्यालाई समाधान गर्ने बारेमा छलफल गरिरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ८ : ३५ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा