नेपालद्वारा जिम्बाब्वेसमक्ष १३७ रनको लक्ष्य प्रस्तुत « Khabarhub

नेपालद्वारा जिम्बाब्वेसमक्ष १३७ रनको लक्ष्य प्रस्तुत


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले जिम्बाब्वे ‘ए’ टोलीलाई १ सय ३७ रनको लक्ष्य दिएको छ । 

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाल ३१ ओभर ३ बलमा सबै विकेट गुमाउँदै केबल १ सय ३६ रन बनाउन सक्यो ।

नेपालका लागि सोमपाल कामीले ३० र करन केसीले २५ रन जोडे । नेपाललाई सस्तैमा समेट्न जिम्बाब्वे ‘ए’ का ब्राड इभान्सले ४ र ब्राण्डन मभुटाले २ विकेट लिए ।

यसअघि दुई देशबीच सम्पन्न भएको टी–ट्वान्टी क्रिकेट सिरिज भने १–१ को बराबरीमा सकिएको थियो । एक टी–ट्वान्टी खेल भने वर्षाका कारण रद्द भएको थियो ।

अमेरिकामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरुप नेपालले जिम्बावे ए टोलीसँग सिरिज खेलिरहेको हो ।

 

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  १२ : १७ बजे

मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने अर्थ मन्त्रालयको प्रष्टोक्ति

काठमाडौं– अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा

पहिलो पाँच महिनामा बागमतीको पुँजीगत खर्च ४.४७ प्रतिशत

बागमती– बागमती प्रदेशले चालु आर्थिक वर्ष (आव)को प्रथम पाँच महिनामा

‘पिकअप भ्यान’ सहित १७६ किलो गाँजा बरामद

वीरगञ्ज– एक सय ७६ किलोग्राम गाँजा बोकेको पिकअप भ्यानसहित पर्सा

एमाले महाधिवेशन : सुरु भयो मतदान

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि

बुटवलमा औद्योगिक प्रदर्शनी बुधबारदेखि, तयारी पूरा

लुम्बिनी– रुपन्देहीमा हुने १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा