रुसी आक्रमणबाट ४ सय स्वास्थ्य संस्था ध्वस्त भएको जेलेन्स्कीको दाबी « Khabarhub

 रुसी आक्रमणबाट ४ सय स्वास्थ्य संस्था ध्वस्त भएको जेलेन्स्कीको दाबी


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमा रुसी आक्रमणका कारण ४ सय भन्दा धेरै स्वास्थ्य संस्थाहरू ध्वस्त भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् ।

एउटा गैर नाफामूलक संस्थालाई सम्बोधन गर्दै जेलेन्स्कीले रुसी आक्रमणबाट हालसम्म ४०० भन्दा धेरै अस्पताल, प्रसूति गृह, बहिरङ्ग केन्द्र जस्ता स्वास्थ्य संस्थाहरू ध्वस्त भएको बताएका हुन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार आक्रमणका कारण औषधिको अभाव समेत देखिएको उनको भनाइ छ । खासगरी पूर्वी तथा दक्षिणी युक्रेनमा यस्तो समस्या देखिएको उनले बताए ।

पूर्वी तथा दक्षिणी युक्रेनमा लडाइ भइरहेका स्थानमा सामान्य एन्टी बायोटिक औषधिको समेत अभाव रहेको उनको भनाइ छ ।

यसबाहेक उनले बताएअनुसार रुसी फौजको अधीनमा रहेका क्षेत्रमा अवस्था अझ गम्भीर छ ।

यसअघि गत मार्च ९ मा रुसी फौजले चौतर्फी घेराबन्दीमा परेको शहर मारिउपोलस्थित बाल अस्पतालमा आक्रमण गरेपछि रुसको चर्को आलोचना भएको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  १ : १९ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना