रुसी आक्रमणबाट ४ सय स्वास्थ्य संस्था ध्वस्त भएको जेलेन्स्कीको दाबी « Khabarhub

 रुसी आक्रमणबाट ४ सय स्वास्थ्य संस्था ध्वस्त भएको जेलेन्स्कीको दाबी


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमा रुसी आक्रमणका कारण ४ सय भन्दा धेरै स्वास्थ्य संस्थाहरू ध्वस्त भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् ।

एउटा गैर नाफामूलक संस्थालाई सम्बोधन गर्दै जेलेन्स्कीले रुसी आक्रमणबाट हालसम्म ४०० भन्दा धेरै अस्पताल, प्रसूति गृह, बहिरङ्ग केन्द्र जस्ता स्वास्थ्य संस्थाहरू ध्वस्त भएको बताएका हुन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार आक्रमणका कारण औषधिको अभाव समेत देखिएको उनको भनाइ छ । खासगरी पूर्वी तथा दक्षिणी युक्रेनमा यस्तो समस्या देखिएको उनले बताए ।

पूर्वी तथा दक्षिणी युक्रेनमा लडाइ भइरहेका स्थानमा सामान्य एन्टी बायोटिक औषधिको समेत अभाव रहेको उनको भनाइ छ ।

यसबाहेक उनले बताएअनुसार रुसी फौजको अधीनमा रहेका क्षेत्रमा अवस्था अझ गम्भीर छ ।

यसअघि गत मार्च ९ मा रुसी फौजले चौतर्फी घेराबन्दीमा परेको शहर मारिउपोलस्थित बाल अस्पतालमा आक्रमण गरेपछि रुसको चर्को आलोचना भएको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  १ : १९ बजे

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले