रुसी युद्धपोत डुबाउन अमेरिकाले युक्रेनलाई जासुसी सहयोग गरेको खुलासा « Khabarhub

रुसी युद्धपोत डुबाउन अमेरिकाले युक्रेनलाई जासुसी सहयोग गरेको खुलासा


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी युद्धपोत डुबाउन युक्रेनले गरेको आक्रमणमा अमेरिकाले जासुसी सहयोग गरेको खुलासा भएको छ ।

अमेरिकी सञ्चारमाध्यमहरूले जनाएअनुसार रुसी फौजको कृष्ण सागरमा रहेको नौसेनाको मोस्कवा युद्धपोत डुबाउन युक्रेनले गरेको आक्रमणका लागि अमेरिकाले जासुसी सूचना उपलब्ध गराएको थियो ।

पहिचान नखुलाइएका अमेरिकी अधिकारीहरुले अमेरिकी सञ्चारमाध्यमलाई बताएअनुसार ओदेसा बन्दरगाह नजिक रहेको रुसी पानी जहाजबारे युक्रेनले जानकारी मागेको थियो ।

यसको प्रतिक्रियामा अमेरिकाले उक्त पानीजहाज मोस्कवा युद्धपोत भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । पछि सोही सूचनाका आधारमा युक्रेनले मोस्कवालाई लक्षित गरी आक्रमण गरेको बताइएको छ ।

अमेरिकी रक्षा प्रशासन पेन्टागनले यस समाचारको हालसम्म आधिकारिक पुष्टि गरिसकेको छैन । यद्यपि एकजना प्रवक्ताले भने आफ्नो रक्षा गर्नका लागि अमेरिकाले युक्रेनलाई जासुसी सूचना दिएको बताएको बीबीसीले जनाएको छ ।

अवस्थिति निर्क्यौल गर्न सहयोग गरेपनि युक्रेनले उक्त युद्धपोतमा आक्रमण गर्नेबारे आफूहरूलाई थाहा नभएको ती अमेरिकी अधिकारीले बताएको अमेरिकी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

गत १३ अप्रिलमा युक्रेनको तटनजिक कृष्ण सगरमा मोस्कवामाथि आक्रमण गरिएको युक्रेनले दाबी गरेको थियो । मोस्कवालाई लक्षित गरी दुई वटा नेप्चुन क्षेप्यास्त्र प्रहार गरिएको युक्रेनी दाबी थियो ।

रुसले त्यसबेला युद्धपोतमा आगलागी भएका कारण मोस्कवामा क्षति पुगेको दाबी गरेको थियो । मोस्कवा १४ अप्रिलमा क्राइमिया प्रायद्विपको सेभास्टोपोल बन्दरगाहतर्फ जाँदै गर्दा कृष्ण सागरमा डुबेको रुसले पुष्टि गरेको थियो ।

यसबारे अमेरिकाले हालसम्म सार्वजनिक टिप्पणी गरिसकेको छैन । यसअघि पेन्टागनका प्रवक्ता जोन किरबीले अमेरिकाले युक्रेनलाई जासुसी सहयोग गर्दै आएको यसअघि सार्वजनिक समाचारको खण्डन गरेका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  १ : ४८ बजे

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको

उद्यमीलाई बिनाधितो ऋण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई

अकबरे खुर्सानी लगाउन व्यस्त भोजपुरका किसान

भोजपुर- भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

काठमाडौँ महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा