रुसी तेलमाथि प्रतिबन्ध लगाउने ईयूको प्रस्तावलाई हंगेरीले समर्थन नगर्ने « Khabarhub

रुसी तेलमाथि प्रतिबन्ध लगाउने ईयूको प्रस्तावलाई हंगेरीले समर्थन नगर्ने


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोपेली युनियन ईयूले रुसी तेललाई लक्षित गरी प्रस्ताव गरेको पछिल्लो प्रतिबन्धलाई हंगेरीले समर्थन गर्न नसक्ने हंगेरियन प्रधानमन्त्री भिक्टर ओर्बानले जनाएका छन् ।

सरकारी रेडियोसँगको कुराकानीका क्रममा प्रधानमन्त्री ओर्बानले रुसी तेलमाथि प्रतिबन्ध लगाउने ईयूको पछिल्लो प्रस्तावलाई हंगेरीले समर्थन गर्न नसक्ने बताएका हुन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार रुसी तेल आयातमा प्रतिबन्ध लगाउने युरोपेली आयोगको पछिल्लो प्रस्ताव हंगेरियन अर्थतन्त्रमा ‘आणविक बम’ खसाल्नु बराबर रहेको उनको भनाइ छ ।

यद्यपि हंगेरीलाई चित्त बुझ्ने नयाँ प्रस्ताव आएको खण्डमा त्यसबारे पनि विचार गर्न तयार रहेको उनको भनाइ छ । गत बुधबार युरोपेली युनियनले रुसमाथि हालसम्मकै सबैभन्दा कठोर प्रतिबन्धका प्याकेजहरुको घोषणा गरेको थियो ।

उक्त घोषणामा ६ महिनाभित्र रुसबाट कच्चा तेलको आपूर्तिलाई पूर्ण रुपमा कटौती गर्ने र सन् २०२२ को अन्त्यसम्म प्रशोधित तेलको आयातलाई पनि कटौती गर्ने उल्लेख छ ।

रुसी तेलमा आधारित पूर्वी युरोप हंगेरी स्लोभाकिया जस्ता केही मुलुकहरुले यस्तो प्रतिबन्धको पालना गर्न आनाकानी गर्ने अनुमान गरिएको थियो ।

ओर्बानले रेडियोलाई बताएअनुसार रुसी तेलबाट निर्भरता हटाउन हंगेरीलाई ५ वर्षको समय चाहिन्छ । प्रशोधन केन्द्र र पाइपलाइनको विकास गर्न हंगेरीमा ठूलो लगानी लगानी पनि आवश्यक रहेको उनको भनाइ छ ।

हाल हंगेरीले कूल खपतको ६५ प्रतिशत तेल रुसबाट आपूर्ति गर्दै आएको रोयटर्सले जनाएको छ ।

‘हामीलाई के आवश्यक छ भन्ने हामीलाई राम्रोसँग थाहा छ, शुरुमा हामीलाई यो सब प्रक्रिया पूरा गर्न ५ वर्ष चाहिन्छ… एक डेढ वर्ष केहीका लागि पनि पर्याप्त छैन ।’ ओर्बानलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ३ : ५३ बजे

भारतको एक अस्पतालमा आगलागी : दश जनाको मृत्यु

एजेन्सी– पूर्वी भारतको एससीबी अस्पतालको आईसीयूमा आगलागी हुँदा ट्रामा केयर

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

काँक्रेविहार– बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ जना

स्वास्थ्य बीमा बोर्डले टिकटक र फेसबुक रिल्स भिडियो प्रतियोगिता गर्दै, उत्कृष्टलाई ५० हजार पुरस्कार 

काठमाडौं–  स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बिमाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

डा. गुप्तामाथि ६ महिनाका लागि मेडिकल काउन्सिलको कारबाही

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले चिकित्सक मनोजकुमार गुप्तामाथि ६ महिनाका लागि

वरिष्ठ डिभिजन वन अधिकृत भट्ट पक्राउ

गोदावरी– कैलालीको वन निर्देशनालयमा कार्यरत वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त