बर्दिबासमा भन्सार छलेर ल्याएको मलसहित एकजना पक्राउ « Khabarhub

बर्दिबासमा भन्सार छलेर ल्याएको मलसहित एकजना पक्राउ


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- महोत्तरीको बर्दिबासबाट अवैध भन्सार छलेर ल्याएको ५३ बोरा युरिया मल प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बर्दिबासले बीपी राजमार्गको सडकखण्डमा चेकजाँच गर्ने क्रममा बिहीबार अवैध मलसहित गाडी नियन्त्रणमा लिएको हो ।

 सडकको दक्षिण तर्फबाट उतरतर्फ आउँदै गरेको प्र.२-०४-००१ च. ००३६ नम्बरको सेतो रङको योधा पिकअप गाडीलाई  चेकजाँच गर्दा उक्त भन्सार छलेर ल्याएको युरिया मलसहित एक जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

 भन्सार छली गरे ल्याउने गाडी चालक बर्दिबास – ८ बस्ने ४० वर्षीय प्रेमबहादुर थापा पक्राउन परेका छन् ।  गाडीसहित ११ लाख ३७ हजार एक सय बराबरको भन्सार छली गरेको देखिएको इलाका प्रहरी कार्यालयका कार्यालय प्रमुख रवि रावलले जानकारी दिए ।

चालकसहित नियन्त्रणमा लिएको सम्पूर्ण सामान भन्सार कार्यालय जलेश्वर पठाइएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ४ : ५७ बजे

रवि र बालेनले उज्यालोलाई अलग्याए : डा. महेन्द्र लावती

काठमाडौं- डा. महेन्द्र लावती उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य हुन्

कांग्रेसको विशेष महाधिवेशनस्थलमा यस्तो छ सुरक्षा सतर्कता (तस्बिरहरू)

काठमाडौं- प्रतिनिधिहरूले तीन दिनदेखि जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ

पुरानै विधानअनुसार कांग्रेसको नयाँ केन्द्रीय समिति चयन हुने

काठमाडौं- नेपाली कांग्रेसको जारी दोस्रो विधान महाधिवेशन नयाँ केन्द्रीय कार्यसमिति

कांग्रेस विशेष महाधिवेशन : सभापति पदको उम्मेदवारी शुल्क ३० हजार

काठमाडौं- नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशन अब नयाँ नेतृत्व

कालिका पावर कम्पनीको आम्दानी बढ्यो

चितवन– कालिका पावर कम्पनीको आर्थिक वर्ष २०८१-८२ मा सेयर आम्दानी