भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ५ सय भन्दा धेरै सङ्क्रमित | Khabarhub Khabarhub

भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ५ सय भन्दा धेरै सङ्क्रमित


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतमा पछिल्लो २४ घण्टाको समयावधिमा ३ हजार ५ सय ४५ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

यससँगै त्यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ९४ हजार ९३८ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पुनः केही दिनयता बढ्न थालेको छ । नयाँ सङ्क्रमितमध्ये १ हजार ३ सय ६५ राष्ट्रिय राजधानी दिल्लीका रहेका समाचारमा जनाइएको छ ।

हाल राजधानीमा पाँच हजार ७५६ सक्रिय सङ्क्रमित रहेका पनि बताइएको छ ।

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप २७ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या ५ लाख २४ हजार २ पुगेको छ ।

भारतभर अझै पनि सक्रिय सङ्क्रमित १९ हजार ६ सय ८८ रहेका पनि मन्त्रालयले जानकारी दिएको छ । भारतमा केही महिनायताबाट सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो । तर केही हप्तायताबाट सक्रिय सङ्क्रमति बढेको पाइएको छ ।

२४ घण्टाको अवधिमा ३ हजार ५ सय ४९ जना कोरोनाबाट निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ५१ हजार २५८ जना सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ६ : १३ बजे

पत्रकार गौतमको पुस्तक ‘प्रवासका फुलहरु’ बेल्जियममा विमोचन

काठमाडौं– लेखक मणिराज गौतमको पुस्तक ‘प्रवासका फुलहरु’को आइतबार बेल्जियममा विमोचन

इङल्याण्डविरुद्धको टेस्टमा पाकिस्तानको राम्रो सुरुवात

काठमाडौं– पाकिस्तानले इङल्याण्डविरुद्धको टेस्टमा राम्रो सुरुवात गरेको छ । टेस्ट

वर्षाका कारण सुनसरीमा १७ करोड मूल्य बराबरको क्षति

धरान– वर्षाका कारण सुनसरीको कृषि क्षेत्रमा मात्रै १७ करोड ११

महिलाका मुद्दामा साझा अभियान चलाइने

काठमाडौं– महिलाका मुद्दालाई साझा  सवालका रूपमा उठान गर्ने उद्देश्यले नेपाल

झगडापछि बिरामी परेका एक युवकको मृत्यु

दोलखा – यहाँको बिगु गाउँपालिकामा झगडापछि बिरामी परेका एक युवकको