पब्लिक यूथ क्याम्पसले जित्यो बीबीए क्रिकेटको उपाधि | Khabarhub Khabarhub

पब्लिक यूथ क्याम्पसले जित्यो बीबीए क्रिकेटको उपाधि


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आयोजक पब्लिक यूथ क्याम्पसले लगातार तेस्रो पटक टीयू बीबीए कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

काठमाडौंस्थित मुलपानी क्रिकेट मैदानमा सम्पन्न फाइनलमा पब्लिक युथले कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एण्ड इन्फर्मेसन टेक्नोलोजीलाई (केसीएमआईटी) १२ रनले पराजित गर्‍यो ।

पब्लिक युथले दिएको १५० रनको लक्ष्य पछ्याउने क्रममा केसीएमआईटीले पूरै २० ओभर ब्याटिङ गरेता पनि ८ विकेट क्षतिमा १३७ रन मात्र बनायो ।

केसीएमआईटिको ब्याटिङमा सुवास सापकोटाले सर्वाधिक ५३ रन तथा अमित अमित मरहट्टाले ३१ रन बनाए। पब्लिक यूथका बलर दिवश भट्टराई र सुशान्त सिंहले २/२ विकेट तथा रबिन साउद र सुबोध लामिछानेले १/१ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिङ गरेको पब्लिक यूथ क्याम्पसले २० ओभरमा ४ विकेट क्षतिमा १४९ रन बनाएको थियो ।

पब्लिक यूथको ब्याटिङमा रबिन साउदले सर्वाधिक ६२ रन बनाए जुन क्रममा उनले ३९ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। यस्तै इर्शाद अलिले २२, निरञ्जन ढकालले १७ तथा सुनिल थापाले १५ रन बनाए। केसीएमआईटीका बलर सक्षम उप्रेती, सुवास सापकोटा र सवन भण्डारीले १/१ विकेट लिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी पब्लिक यूथका रबिन साउद घोषित भए। यस्तै उत्कृष्ट बलर पब्लिक यूथका दिवस भट्टराई र उत्कृष्ट ब्याट्सम्यान सुशान्त सिंह घोषित भए ।

उपाधिसँगै पब्लिक यूथ क्याम्पसले ८५ हजार रुपैयाँ तथा उपविजेता केसीएमआईटीले ३५ हजार रुपैयाँ प्राप्त गरे । विजेता खेलाडीहरूलाई नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष रोशन कुमार सिंहले पुरस्कार वितरण गरे ।

म्यान क्यान डुले आयोजना गरेको प्रतियोगितामा त्रिभुवन विश्वविद्यालयका १८ क्याम्पस सहभागी थिए ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ८ : ३७ बजे

संविधान संशोधनका लागि कांग्रेस र एमालेलाई प्रचण्डको भरोसा !

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनलाई मुख्य एजेन्डा

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, घुस प्रकरणमा पनि कुरा हुने

काठमाडौं- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

दमौली– मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को तेस्रो पटक

सेवा प्रवाह प्रभावकारी नभएको गुनासो

कर्णाली– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले दुई ठूला राजनीतिक दलहरूको