फेरियो चुनावको प्रचार शैली « Khabarhub

फेरियो चुनावको प्रचार शैली


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली – चुनावी प्रचार–प्रसारको शैली विगतका चुनावमा भन्दा फरक ढङ्गको देखिएको छ । सूचना प्रविधिको विकाससँगै प्रयोगमा आएका सामाजिक सञ्जाल फेसबुक, टिकटक, ट्वीटरबाट मतदातालाई रिझाउने आशयका सामग्रीको उम्मेदवारले प्रयोग बढाएको देखिएको छ ।

‘हातहातमा मोबाइल हुनेहरूको इन्टरनेटमा बढेको पहुँचका कारण चुनावी प्रचार–प्रसारमा सामाजिक सञ्जालको प्रयोग पनि ह्वात्तै बढेको छ’, स्थानीय पत्रकार टेकराज जोशीले भने, ‘विगतका चुनावमा सामाजिक सञ्जलको प्रयोग निकै न्यूनरूपमा भएको थियो ।’

चुनावी प्रचारका क्रममा विगतका चुनावका बेला व्यापकरूपमा हुने भित्तेलेखन, पम्ल्पेटिङ, माइकिङजस्ता प्रचारका शैली भने रोकिएका छन्।

निर्वाचन हुने दिन नजिकिन लाग्दा विभिन्न पदका प्रत्यासी मतदाता रिझाउन अन्तिम कसरतमा लागेका छन् । दलका र स्वतन्त्र उम्मेदवारले घरदैलो कार्यक्रम गरी मतदातालाई रिझाउने कसरत गरिरहेका हुन् ।

घरमा आउने एक पक्षको उम्मेदवारले मत माग्न नभ्याउँदै अर्को पक्षको उम्मेदवार घरको आँगनमा पुगेर मत मागिरहँदा रोचक बन्ने गरेको स्थानीय तेजराज उप्रेतीले बताए।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ७ : ४४ बजे

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन जिल्ला प्रशासन काठमाडौँको निर्देशन

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत

ओटीटी प्लेटफर्म अब कानुनी दायरामा, सञ्चालनका लागि अनुमति अनिवार्य

काठमाडौं । सरकारले डिजिटल प्रसारण क्षेत्रमा पहिलोपटक स्पष्ट कानुनी व्यवस्था

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी