चुनाव चिन्ह विवादमा पक्राउ परेका खड्का धरौटीमा छुटे « Khabarhub

चुनाव चिन्ह विवादमा पक्राउ परेका खड्का धरौटीमा छुटे


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – निर्वाचन आयोगले आफूले रोजेअनुसार चुनाव चिन्ह नदिएको आरोपमा अराजक अभिव्यक्ति दिएका अशोक खड्कालाई धरौटीमा रिहा गरिएको छ । अटेरी अभियानको समर्थनमा उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयअघि लौरो चुनाव चिन्ह पाएपछि निर्वाचन अधिकृतलाई नै लौरो बर्साउने चेतावनी दिएका थिए ।

अटेरीले सुरुमा लौरो चिन्ह रोजेको थियो । तर,  आयोगको निर्देशिका अनुसार स्वतन्त्र उम्मेदवारको संख्याका आधारमा कोटा छुट्ट्याइएको र सोही सीटबाट रोज्नुपर्नेमा उनीहरुले मतपत्रमा भएकामध्ये सबैबाट लौरो छानेका थिए । आयोगले लौरो चिन्ह दिन नमिल्ने बताएपछि खड्कासहितको टोली निर्वाचन अधिकृत कार्यालय अघि पुगेर प्रदर्शन गरेका थिए ।

उनले चुनावी आचारसंहिता उल्लंघन गरेको भन्दै प्रहरीले भोलिपल्टै पक्राउ गरेको थियो । शुक्रबार उनलाई ५ हजार ५ सय ५५ रुपैयाँ धरौटीमा रिहा गरिएको कास्की प्रहरीले जनाएको छ । जिल्ला अदालत कास्कीले खड्कालाई रिहा गर्न आदेश दिएको हो ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ७ : ०७ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक