खोटाङमा दलित महिला वडा सदस्यको मृत्यु  « Khabarhub

खोटाङमा दलित महिला वडा सदस्यको मृत्यु 


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङमा दलित महिला वडा सदस्यको मृत्यु भएको छ । रक्तचापको समस्याले हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेकी ४९ वर्षीय कमला परियारको मृत्यु भएको हो ।

उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट दलित महिला वडा सदस्यमा निर्वाचित भएकी थिइन् । रक्तचापले बेहोस अवस्थामा स्वास्थ्य संस्थामा पुर्‍याए लगत्तै परियारको मृत्यु भएको एमाले हलेसी तुवाचुङ नगर कमिटी अध्यक्ष डिल्ली चाम्लिङले जानकारी दिए ।

२०३० सालमा जन्मिएकी परियार एमाले नगर कमिटी सदस्य तथा अनेमसंघ जिल्ला कमिटी सदस्य थिइन् । उनका श्रीमानसहित तीन छोरा र दुई छोरी छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  १० : ४० बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष