खोटाङमा दलित महिला वडा सदस्यको मृत्यु  | Khabarhub Khabarhub

खोटाङमा दलित महिला वडा सदस्यको मृत्यु 


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङमा दलित महिला वडा सदस्यको मृत्यु भएको छ । रक्तचापको समस्याले हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेकी ४९ वर्षीय कमला परियारको मृत्यु भएको हो ।

उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट दलित महिला वडा सदस्यमा निर्वाचित भएकी थिइन् । रक्तचापले बेहोस अवस्थामा स्वास्थ्य संस्थामा पुर्‍याए लगत्तै परियारको मृत्यु भएको एमाले हलेसी तुवाचुङ नगर कमिटी अध्यक्ष डिल्ली चाम्लिङले जानकारी दिए ।

२०३० सालमा जन्मिएकी परियार एमाले नगर कमिटी सदस्य तथा अनेमसंघ जिल्ला कमिटी सदस्य थिइन् । उनका श्रीमानसहित तीन छोरा र दुई छोरी छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  १० : ४० बजे

मोरङका १६ पालिकाको बजेट १६ अर्ब ५७ करोड

मोरङ– आगामी आर्थिक वर्ष २०८२-८३ का लागि यहाँका १६ स्थानीय

पारसको क्यारिकेचरले अग्लिएको भरतमणिको क्रेज !

काठमाडौं – ताप्लेजुङको सदमुकाम फुङलिङ बजारको आडै रहेको दोहु गाउँमा

मन्त्रीपरिषद्को निर्णय : उद्योग वाणिज्य प्रवर्धन परिषद् आदेश, २०८२ स्वीकृत गर्ने

काठमाडौं– सरकारले उद्योग वाणिज्य प्रवर्धन परिषद् आदेश, २०८२ स्वीकृत गर्ने

सुनसरीका चार स्थानीय तहको बजेट सार्वजनिक

इनरुवा – सुनसरीका चार स्थानीय तहले मंगलबार नीति तथा कार्यक्रम

सिरहा नगरपालिकाले अझै ल्याएन नीति तथा कार्यक्रम र बजेट 

सिरहा – यहाँको सिरहा नगरपालिकाले आर्थिक वर्ष २०८२-०८३ का लागि