आईपीएलका सफल टिमको खराब प्रदर्शन वर्ष | Khabarhub Khabarhub

आईपीएलका सफल टिमको खराब प्रदर्शन वर्ष

युवा खेलाडीको बाहुल्यतामा चम्किरहेका गुजरात र लखनऊ



काठमाडौँ – फ्रेन्चाइच लिगमा सबैभन्दा चर्चित र महंगो इण्डियन प्रिमियर लिग आईपीएलमा यस वर्ष धेरै फरक दृश्य देखिएका छन् । जुन दृश्य सायदै सोचिएका र यसअघि देखिएका थिए ।

आईपीएलका सर्वाधिक सफल र उत्कृष्ट टिम यसपटक निकै खराब प्रदर्शनबाट गुज्रिरहेका छन् । नवप्रवेशी टिम सफल र उत्कृष्ट लयमा छन् । फ्रेन्चाइज लिगमा यो नै सबैभन्दा रोचक पक्ष हो । तर कहिलेकाँही यी रोचक पक्षले पनि इतिहास फेरिन्छ । नयाँ इतिहास लेखिन्छ ।

आईपीएलमा गरेको प्रदर्शनले विश्व जगतमा नै खेलाडीलाई स्थापित गराउने गर्दछ । हरेक टोलीलाई आफ्नो पहिचान बनाउन पनि मद्दत गर्दछ । आइपिएल २०२२ मा पनि सहभागी सम्पूर्ण टोली आफ्नो वर्चश्व बनाउन लागि परेका छन् ।

आइपीएलको आधाभन्दा बढी खेलहरुको समाप्ती हेर्दा यसअघिका सिजनमा फाइनलका दौडमा रहने टोली यसपटक पुछारमा छन् । अनि पुछारमा रहने अनुमान गरिएको टोली शीर्ष स्थानमा रहँदै लगभग फाइनल खेल्ने पक्कापक्की जस्तै छ ।

यसपटकको अंक तालिकालाई पनि हेर्ने हो भने पाँच पटक उपाधि जितेको मुम्बई इण्डियन्स यसपटक पुछारमा छ । मुश्किलले दुुई जित निकालेको मुम्बई पुछारमै छ । उसले १० खेल खेल्दा ८ हार व्यहोरेको छ । यसअघि पाँच पटक आइपीएल उपाधि उचालेको रोहित शर्मा यतिबेला असफल कप्तानका रुपमा दरिएका छन् ।

मुम्बईको ४ खेल बाँकी भएतापनि प्ले अफबाट बाहिरिसकेको छ । अब उसले सबै खेल जितेपछि प्ले अफमा पुग्न भने सक्ने छैन । सोही अवस्थामा गएको सिजनको विजेता चेन्नेई पनि छ । चेन्नेईले पनि मुश्किलले तीन वटा जित हासिल गरेको छ । र पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

नवप्रवेशी टोली गुजरात टाइटान्स शीर्ष स्थानमा छ । उसले ८ जितसहित १६ अंक जोडेको छ । यस्तै १४ अंकसहित लखनउ दोस्रो स्थानमा छ । १२ अंक जोडेको राजस्थान र समान १२ अंक नै जोडेको बेंग्लोर चौथो स्थानमा छ ।

यस्तै दिल्ली, हैदरावाद, कोलकत्ता पनि प्लेअफका लागि संघर्ष गरिरहेका छन् । तर उनीहरुको बाटो भने सहज छैन ।

मुम्बई किन कमजोर बन्यो ?
लगातार ८ खेल हारेपश्चात मुम्बई इण्डियन्सले ९औँ खेलमा पहिलो जित निकाल्यो । मुम्बईले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गर्दैँ अंकको खाता खोल्यो । मुम्बईको पराजयलाई हेर्दा ब्याटिङमा समस्या देखिएको छ । भारतीय टिमका पूर्व कप्तान तथा धुरन्धार ब्याटर विरेन्द्र सेहवाग ब्याटिङमा तालमेल मिलाउनै नसक्नु मुम्बईको कमजोरी रहेको बताउँछन् ।

मुम्बईको पहिलो जितमा देखिएको एक परिवर्तन भनेको सुर्य कुमार यादवको पोजिसन थियो । राजस्थानविरुद्धको खेलमा यादवलाई तेस्रो नम्बरमा मैदानमा उतारिएको थियो । सोहिअनुरुप ३९ बलमा ५ चौका र २ छक्का प्रहार गर्दैँ यादवले ५१ रन जोडे ।

सेहवागका अनुसार मुम्बईको जितमा पोजिसनको नै समस्या देखिएको छ । यदि पूर्व खेलमा पनि यादवलाई तेस्रो, चौथोमा तिलक वर्मा, पाँचौँमा कियोरन पोलार्डपश्चात नयाँ खेलाडीलाई ब्याटीङ गराएको भए मुम्बईको पराजयको माला निर्माण नहुने सेवागले तर्क गरेका छन् ।

साथै मुम्बईको टोलीमा खेलाडीहरुले रन बनाउनमा पनि समस्या भएको देख्न सकिन्छ । मुम्बईमा सुर्यकुमार यादव र तिलक वर्माबाहेकका खेलाडीले सोचेजस्तो रन जोड्न सकिरहेका छैनन् ।

वर्षौँ देखि चलिआएको मुम्बईको प्रस्तुतिलाई मध्यनजर गर्ने हो भने पनि कि मुम्बईले उपाधी जित्छ कि उपाधीको लागि क्वालिफाई नै हुँदैन । यस पटक पनि सोहि अनुरुप क्वालिफाई नहुने संकेत मुम्बईले देखाएको छ । यस वर्ष मुम्बईका हार्दिक पाण्डया, करुणाल पाण्डया, टे्रन्ट बोल्ट लगायतका खेलाडी मुम्बईसँग नहुनु पनि समस्या हो ।

कहाँ चुक्यो चेन्नेई ?
साविक विजेता चेन्नाईको सुरुवात यस वर्ष निकै खराब छ । कप्तानमा महेन्द्र सिंह धोनीको स्थानमा रविन्द्र जडेजालाई नियुक्त गर्ने निर्णयले चेन्नाईको प्रदर्शनमा अत्याधिक असर परेको देखिन्छ ।

३० अप्रिलको दिन चेन्नाईले धोनीलाई नै कप्तानमा पुनःनियुक्त गर्ने निर्णय गर्‍यो । पुरै सिजनलाई बनाएको पूर्व कप्तान रविन्द्र जडेजाले आफ्नो प्रदर्शनमा ध्यान केन्द्रित गर्नको निम्ति धोनीलाई जिम्मेवारी सम्हाल्नु आग्रह गरेका थिए ।

चेन्नेईको प्लेइङ ११ मा पनि समस्या आएको देखिन्छ । चेन्नेईका ब्याट्सम्यानहरुले पनि आफ्नो प्रस्तुति सन्तोषजनक देखाउन सकेका छैनन् । गत वर्ष फाफ डुप्लेसिस, ऋतुराज गाइक्वाद, अम्बाती रायडु, मोइन अली जस्ता ब्याटरले राम्रो प्रदर्शन गरेका थिए । तर यसपटक डुप्लेसिस छैनन् । अरु खेलाडीको पनि प्रदर्शन एकनासको छैन ।

सुरुवात देखि नै धोनीको कप्तानी भएको भए, यस सिजनमा पनि चेन्नाईले पराजयलाई भन्दा जितमा नतिजा आउने आकँलन धेरै खेल पण्डितहरुको रहेको छ । यता, अजय जडेजाको विश्लेषणलाई लिने हो भने आईपिएल २०२१ मा उपाधी जित्न सफल टोलीका क्रिकेटरहरुको प्रदर्शनलाई फिट्नेसले चुनौती दिएको हो की जस्तो पनि देखिएको छ ।

सुरुवाती चरणमा धोनी, ड्वेन ब्राभो, अंंबाती रायुडु, रोबिन उथप्पा र रविन्द्र जडेजाको प्रदर्शन मिलेको भए चेन्नेई स्वत विजय हात पार्दै जाने थियो । तर कता कता रन बनाउनलाई नै क्रिकेटरको फिट्नेसले पो समस्या भएको हो की भन्ने प्रश्न पनि उठेको छ ।

कप्तान धोनीले जसरी आफ्नो टोलीमा हरेक खेलाडीलाई बुझेर क्षमता अनुरुप परिचालन गर्ने प्रवृत्तिको पनि कमी देखियो । चेन्नाई आगामी खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्न ब्याटर र बलरलाई एकबद्ध बनाएर लान पनि नसकेको देखिन्छ ।

अर्को भनेको खेलाडीले खेल्ने स्थान पनि निर्धक्क रुपले निर्धारित नभएको देखिन्छ । कप्तान धोनी आफै पनि ओपनिङ ब्याट्सम्यानका रुपमा मैदान प्रवेश गर्दा टोलीको स्कोरमा प्रभाव पर्ने धेरै उदाहरणहरु छन् । तर, विगतको थुप्रै आईपिएललाई हेर्दा धोनी ओपनरको रुपमा मैदान प्रवेश नगरेको जुगौँ भइसकेको छ । खेलाडीको पोजिसनमा पनि चेन्नाईले सर्तकता अपनाउनु पर्ने देखिन्छ ।

हार्दिकको कप्तानीमा चम्केको गुजरात
आइपिएलमा आफ्नो पहिलो पाइला चालेको गुजरात टाईटान्स भने सशक्त रुपमा अगाडि बढेको छ । गुजरातले आफ्नो जग बलियो बनाउनका साथै टोली निर्माणमा राम्रो लगानी र योजना गरेको देखिन्छ ।

भारतीय पूर्व खेलाडी लालचन्द राजपुतका अनुसार यदि एक टोलीमा तीन जनासम्म फिटनेस भएपनि जितको लागि सहज हुने गर्दछ । एकले मैदान छोडेपनि बाँकी दुईले खेलको लयलाई निरन्तरता दिने गर्दछन् ।

गुजरात टाईटन्समा पनि यसैको असर भएको देख्न सकिन्छ । हार्दिक पाण्डेयाले खेल आफ्नो नियन्त्रणमा लिएर उत्कृष्ट फिनिसिङ गरेको देख्न सकिन्छ । पूर्व क्रिकेटर दीपदास गुप्ताका अनुसार मिडल अडर ब्याटर टेवाटिया, डेभिड मिलर र रसिद खानको प्रदर्शनले पनि गुजरातलाई जिततर्फ उन्मुख गराएको छ । यही रफ्तार कायम गरे हार्दिककै कप्तानीमा गुजरातले उपाधि उचाल्ने क्षमता प्रदर्शन गरेको छ ।

लखनऊको लय
यसै वर्ष टिम बनाएर आइपीएल खेल्न सुरु गरेको लखनऊ सुपरजायन्ट्सले पनि राम्रो लय समातेको छ । आफ्नो ब्याटिङ, बलिङ र योजनामा विशेष ध्यान दिएको लखनऊ केएल राहुलको कप्तानीमा उपाधि जित्ने दाउमा पनि देखिएको छ ।

लखनउका लागि मिडल अर्डर्समा ब्याटिङ गरेका दिपक हुदा, आयुष बडोनी र केएल राहुलले भने राम्रो प्रदर्शन गरिरहेका छन् ।यता, बलिङमा भने दुष्मन्त चमिरा, क्रुनाल पाण्डया र अभेष खानको प्रदर्शनले लखनउलाई सहज बनाएको छ । लखनउले प्रशिक्षकको टोलीमा पनि विशेष ध्यान दिएको छ ।

एन्डी फ्लावर, विजय दहिया, एन्डी बिचेल र रिचर्ड हलसलको प्रशिक्षणले पनि राम्रो नतिजा आएको देखिन्छ । मेन्टरका रुपमा रहेका गम्भीर गौतमले पनि लखनउलाई आइपिएलको विजयी यात्रातर्फ लैजान विशेष भुमिका खेलेका छन् । साथै आत्मविश्वास र पोजिसनिङलाई पनि लखनउले आफ्नो अस्त्र बनाएको छ ।

तर पनि आइपीएलको उपाधि नयाँले भन्दा अनुभवी टिमले जित्ने देखिन्छ । गुजरात र लखनउका साथै पहिलोपटक आइपीएल उचाल्न बेंग्लोर पनि तयार देखिन्छ ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  १२ : १५ बजे

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरोको बैठक आज बस्दैछ । पार्टीको

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिने

यस्तो बन्दैछ आईपिएल प्लेअफ समीकरण

कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटको प्लेअफमा प्रवेश

चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर

चितवन– चितवनमा ५२ विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरिएको

अर्थसहित चार संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत आज चारवटा समितिको बैठक बस्दै छ