पेस्तोल र गोलीसहित बाराबाट दुई भारतीय युवा पक्राउ « Khabarhub

पेस्तोल र गोलीसहित बाराबाट दुई भारतीय युवा पक्राउ


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा – बाराको सिम्रौनगढबाट हतियारसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । सशस्त्र प्रहरीले सिम्रौनगढ नगरपालिका-९ मा शनिबार अटोमेटिक चाइनिज पेस्तोल, म्याग्जिन र गोलीसहित दुई भारतीय युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको बिहारस्थित मोतीहारीका २३ वर्षीय पप्पुकुमार यादव र बिहारकै भेलावाका २२ वर्षीय अकलेशकुमार सिंह रहेका छन्।

सीमावर्ती भारतीय गाउँबाट मोटरसाइकलमा सवार भएर नेपाल प्रवेश गरेका दुवै जनालाई सशस्त्र प्रहरीले रोकेर चेकजाँच गर्दा चाइनिज पेस्तोल १ थान, त्यसमा लाग्ने २ राउन्ड गोली, १ थान म्याग्जिन २ थान, कटुवा पेस्तोल १ थान र त्यसको दुई राउन्ड गोली बरामद भएको जनाइएको छ ।

पेस्तोल र गोलीसहित पक्राउ परेका दुबैलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ६ : ४१ बजे

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा